Add

Add

सञ्चालनमा किसान परियोजना

 किसानको जीवनस्तर सुधार गर्न विभिन्न जिल्लामा  किसानपरियोजनासुरु गरिएको छ । यूएसएआईडीको प्राविधिक सहयोगमा  विभिन्न १४ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । उत्पादन बढाउन यसअघि नै सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि त्यसलाई थप विस्तार गरिएको सम्बन्धित निकायले जानेको छ  । यसअघि सुदूरपश्चिका ६, मध्यपश्चिमका ६ र पश्चिमाञ्चलका ४ जिल्लामा कार्यक्रम सञ्चालन गरिएकोमा अब सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काभ्रेमा पनि यो कार्यक्रम सञ्चालन गरिने भएको हो । बालीदेखि थाली अवधारणा अनुसार ग्रामीण कृषकको आयस्तर सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको यूएसएआईले जानकारी दिएको छ । 
किसान परियोजनाअन्तर्गत मकै, दाल र तरकारीको उत्पादकत्व वृद्धिमा विशेष जोड दिइएको छ ।  किसान, ट्रेडर्स, एग्रोभेटलाई उत्पादन, बजारीकरणका बारेमा तालिम  दिइने छ । यो परियोजना पाँच वर्षका लागि सञ्चालन गरिनेछ । यसअघि एक हजार किसानलाई समावेश गरिएको कार्यक्रम बढाएर तीन हजारमा पु¥याइएको छ । 

No comments

Powered by Blogger.