चाडबाड नजिकिए संगै बजार अनुगमनमा तिव्रता
ठूला चाडपर्व नजिकिँदै गर्दा सरकारले बजार
अनुगमनलाई तीव्रता दिएको छ । मौसमी अनुगमन गर्दै आएको सरकारले बजार अनुगमनको
कामलाई अहिले तीव्रता दिएको हो । चाडपर्वका बेला व्यवसायीले मनपरी मूल्य लिई
उपभोक्ता ठग्न सक्ने भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले
अनुगमनको कामलाई गति दिएको बुझिएको छ । बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र
मूल्यवृद्धि रोक्न नियमित रूपमा बजार अनुगमनको कामलाई अगाडि बढाइरहेको सम्बन्धित
निकायले जनाएको छ ।
विभागले दिनहुँजसो भिन्नभिन्न क्षेत्रमा अनुगमन
गर्दै आइरहेको छ । विशेषगरी खाद्यान्न, यातायात, तरकारी फलफूल, पेट्रोलियम पदार्थ, औषधि पसल, माछामासुलगायतका क्षेत्रमा
विभागले अनुगमन गरिरहेको जानकारी निकायले दिएको छ । बजार अनुगमनका क्रममा कैफियत
फेला परे त्यस्ता सामान तत्काल नष्ट गरी कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार
व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो बढे संगै अनुगमनको कार्यलाई तिव्रता
दिएको पनि निकायले बताएको छ ।
बजारमा मिसावट, तौलमा कमी, म्याद नाघेका सामान, लेबल नभएका, मूल्यसूची नराखी
सामान बेच्ने जस्ता समस्या बढिरहेकाले उपभोक्ता ठग्ने व्यवसायीलाई तत्काल कारबाही गरि
बजारलाई व्यवस्थित बनाउन पनि अनुगमन कार्यलाई तीव्रताका साथ अगाडी बढाईरहेको
निगमले जानकारी दिएको छ ।

No comments