Add

Add

जोखिम र जलवायु लक्षित पाठ्यक्रम सार्बजनिक



स्थानीय स्तरमा हुनेगरेको बिपद् जोखिम र जल बायु परिवर्तनका असरहरुका बारेका तयार पारिएको स्थानीय पाठ्यक्रम गत शुक्रबार हेटौँडामा सार्बजनिक गरिएको थियो । आधारभूत तहमा अध्ययनका लागि तयार पारिएको उक्त पाठ्यक्रम २० अंकभारको रहेको छ । ‘विपद तथा जलबायुजन्य जोखिम ब्यवस्थापन र स्थानीय पहिचान’ नाम दिइएको उक्त पाठ्यक्रमले विभिन्न प्राकृतिक विपद र त्यसले निम्त्याउने जोखिम साथै त्यसबाट बच्ने उपायहरुको बारेमा उल्लेख गरिएको बुझिएको छ ।

स्थानीय स्तरमा आइपर्ने विपद्लाई न्यूनिकरण गर्नका लागि विद्यालय तहबाटै जानकारी दिई यस सम्बन्धि सचेत बनाउने कार्य सह्रानीय भएको सार्वजनिक कार्यक्रममा उपस्थित हुनेहरुको प्रतिक्रिया रहेको थियो । मकवानपुर जिल्लाका १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई विपद् व्यवस्थापन, तथा स्थानीय पहिचानको बारेमा जानकारी दिनका लागि पाठ्यक्रम तयार पारिएको हो । पाठ्यक्रम तयार पार्नका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरसँगको समन्वयमा ग्रामीण महिला सेवा केन्द्र र केयर नेपाल र सबल परियोजनाद्वारा आर्थिक सहयोग भएको सम्बन्धित पक्षले जानकारी दिएको छ । पाठ्यक्रम मकवानपुरका १८ वटै स्रोत केन्द्र अन्तर्गत रहेका आधारभूत विद्यालयहरुमा लागू गरिने बताइएको छ । 



No comments

Powered by Blogger.