Add

Add

कमजोर वित्तीय साक्षरता


         नेपालमा विगत एक दशक भन्दा अघि देखि वित्तीय क्षेत्र सुधारको कार्य अघि बढेको भएतापनि वित्तीय साक्षरताको स्थिति अत्यन्तै कमजोर रहेको छ । वित्तीय सक्षरताकै अभावमा अझै पनि अधिकांश जनताहरु बैंक तथा वित्तीय संस्थाहरुको सेवाको पहुँच भन्दा टाढा रहेका छन् । आफूसंग भएको बचत रकम बैंक तथा वित्तीय संस्थाहरुमा राख्नु पर्छ र आफ्नो सीप अनुरुपको स्वरोजगारी बढाउन बैंक तथा वित्तीय संस्थाहरुबाट सरल कर्जा लिनु पर्दछ भन्ने कुराबाट अधिकांश जनताहरु अझै अनविज्ञ छन् । यसको अभावमा फिजुल खर्च कम गरी बचत गर्ने बानीको विकास हुन सकेको छैन र पैसा चाहिएको बेला साहु, महाजन र छरछिमेकबाट महँगो ब्याजमा सापटी लिने परिपाटी गाउँघरमा अझै घनिभूत नै रहेको छ ।
           नेपाल राष्ट्र बैंक कै तथ्यांक अनुसार हाल ३५ प्रतिशत जनताहरुले मात्र बैंक तथा वित्तीय संस्थाको सेवा पाएको देखिन्छ । सेवा पाएका जनताहरु मध्ये अधिकांश ग्राहकहरुले समेत बैंक तथा वित्तीय संस्थाहरुले समेत संस्थाहरुले उपलब्ध गराएको आधुनिक प्रविधियुक्त सेवाहरु वित्तीय साक्षरताको अभावमा उपभोग गर्न सकिरहेका छैनन् ।
         नेपालमा वित्तीय साक्षरताको स्थिति के छ ? भन्ने तथ्यांक पनि आधिकारिक रुपमा संकलन गरिएको पाइदैन । जबसम्म देशका जनताहरु वित्तीय रुपमा साक्षर हुँदैनन् तबसम्म देशको आर्थिक अवस्थामा सुधार आउन सक्दैन । वित्तीय रुपमा साक्षर जनताले मात्र आफू स्वरोजगार हुने, उधमशीलता बढाउने, उत्पादन बढाउने, आफूसंग भएको शीप र पूँजी लगानी गर्ने योजना गरी कार्यान्वयन गर्न सक्तछ ।
            वित्तीय ज्ञानको अभावमा जनताहरु आफ्नो भाग्य कमजोर भनी यथास्थितिमा बसिदिन्छन् । प्रत्येक वर्ष आउने सरकारको बजेट र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा वित्तीय साक्षरता बढाउने कुरा उल्लेख गरिएतापनि यसतर्फ खासै काम भएको पाइदैन । विभिन्न तालिम तथा अभिमुखि कार्यक्रमहरु मार्फत व्यापक रुपमा वित्तीय शिक्षालाई अभियानको रुपमा लैजाने र स्कूल/ क्याम्पसको पाठ्यक्रममा पनि वित्तीय शिक्षा समावेश गर्नु जरुरी देखिन्छ ।

No comments

Powered by Blogger.