हार्दिक शुभकामना !
नेपालीहरुको महान चाड विजया दशमीको सुखद अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभाव,सुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनी तथा आमा बुवाहरुमा सुख,शान्ति,समृद्धि तथा सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
असत्यमाथि सत्यको विजय उत्सवको रुममा हर्सोल्लासका साथ मनाइने यस चाडले कुनै कारणवश परिवार,बन्धुबान्धव,मित्रहरु तथा आफन्तमा भएको मनमुटाव तथा वैमनश्यलाई बिर्सिएर आपसी मेलमिलाप तथा बन्धुत्वलाई गाढा बनाइदिने गर्दछ । वर्ष दिनसम्म भेटघाट हुन नसकेका परिवारजन,आफन्त तथा साथीसंगी संग भेटेर आपसी सम्पूर्ण मनमुटाव र सम्बन्धमा उब्जीएको चिसोपनलाई भुलेर सम्बन्धमा न्यायोपना ल्याउँदै सम्बन्धको नविकरण गर्ने महत्वपूर्ण विशेषता बोकेको यस चाडले जीवनमा परिवार र आफ्नाहरुको महत्व झल्काउने गर्दछ ।
आधा शताब्दी अघि अर्थ अभाव र वस्तुहरुको सिमित उपलब्धताका कारण मिठो खान र राम्रो कपडा लगाउन दशैं नै कुर्नु पर्ने बाध्यता थियो । वर्ष दिनमा आउने चाड दशैंमा ऋण लिएरै भएपनि मान्नु पर्ने तितो सत्य धेरै नेपालीहरु जीवनमा दशा बनेर खड्किरहेको थियो त्यसैले त "आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई" भन्ने भनाईहरु सान्दर्भिक मानिथ्यो दशैं वरिपरी । तर अचेल जनताको प्रतिव्यक्ति आयमा आएको सुधार, व्यापक मौद्रिकीकरण र वस्तुहरुको सहज आपूर्तिका कारण मिठो खान र राम्रो लगाउन दशैं नै कुर्नु पर्ने अवस्थाको धेरै मात्रामा अन्त्य भएकै कारण अचेल दशैंलाई प्राय नेपालीहरुले पारिवारिक भेटघाट र मेलमिलापकै रुपमा मानौने गरिएको छ ।
प्रत्येक वर्ष आउने दशैंले पारिवारिक,छरछिमेक र मित्रहरु बीच मेलमिलापको वातावरण स्रीजना गर्न निकै ठूलो मदत पुर्याइरहेको छ तर देशको राजनैतिक क्षेत्रमा यस्तो मेलमिलापको वातावरण सृजना हुन सकेको छैन । धेरै समयको राजनैतिक संक्रमणलाई छोट्याई सबै दल एकजुट भई बृहत र दीगो आर्थिक विकास तर्फ देशलाई डोर्याउनु नै अहिले नेपाल आमाको र नेपाली सर्वसाधारणहरुको माग रहेको छ । यसपालीको दशैंमा सबै राजनैतिक दलहरुलाई नेपाल आमाको माग पूरा गर्न प्रेरणा मिलोस बडा दशैंको हार्दिक शुभकामना !!

No comments