Add

Add

राजमार्ग सुधारमा तिब्रता देउ !



देशका प्रमुख राजमार्गहरुको अवस्था दयनीय त छँदै थियो, यस वर्षको वर्षाले स्तरोन्नति हुँदै गरेका राजमार्गहरुमा समेत पुन पैरोहरु आई सुधार भइसकेका निर्माणहरु भत्केका छन् । राजधानी प्रवेश गर्ने नारायणगढ़ – मुग्लिन – काठमान्डौ, हेटौंडा- भैंसे-कुलेखानी-सिस्नेरी-काठमान्डौ, हेटौंडा-कुलेखानी-फाखेल-काठमान्डौ र हेटौंडा- भैंसे-पालुंग- काठमान्डौ गरि ४ वटै राजमार्गहरु जीर्ण अवस्थामा छन् । मुग्लिनको बाटो काठमान्डौ जाने हो भने कति दिन लाग्छ ठेगान हुँदैन भने साढे तीन घण्टा देखि चार  घण्टामा सुमोबाट सिस्नेरीको बाटो काठमान्डौ पुग्ने गरेकोमा अचेल ५/६ घण्टा लाग्ने गरेको छ । 

साना ४ पांग्रे सवारी साधन यी राजमार्गहरुबाट चलाउन पनि जोखिमपूर्ण छ । तुलनात्मक रुपमा कम सवारी साधा गुड्ने त्रिभुवन राजपथमा ठूलो बस र ट्रकहरुको चाप अहिले ह्वात्तै बढेर यो भार वहन गर्न नसकि निकै टुटफुट भएको छ । यी राजमार्गहरुबाट गर्दा देशमा सरकार नै छैन कि जस्तो लाग्ने गरेको यात्रुहरुको गुनासो रहेको छ । सिस्नेरीको बाटो बाहेक अरु राजमार्गबाट राजधानी जाने हो भने कसैगरी नागढुंगाको डाँडामा पुग्न सकेमा पनि त्यसपछि नागढुंगा देखि कलंकी सम्मको अति जीर्ण बाटोको कारण कम गतिबाट सवारी साधन हिडाउनु पर्दा सधैं लामो लामो जाम समेत खेप्नु पर्ने हुन्छ । राजधानी बाहिरबाट सिकिस्त विरामी लिई आएका एम्बुलेन्सहरु समेत घन्टौ जाममा फसेका देखिन्छन् । 

नेपालीहरुको महान चाड दशैं आउन ३ हप्ता पनि बाँकी छैन तर राजमार्गहरुको अवस्था झन झन् जीर्ण देखिन्छ । सरकार, यातायात मन्त्रालय र सडक विभागले राजमार्ग सुधारको कार्यलाई उच्च प्राथमिकतामा राखी राजमार्ग सुधारको काममा तिव्रता दिनु जरुरी छ ।

No comments

Powered by Blogger.