ग्यासको भाउ घट्यो
नेपाल आयल निगमले खाना पकाउने
एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर
स्थानीय बजारमा परेको भएता पनि । निगमले ग्यासमा अझै ७५ रुपैयाँ नाफा हुँदा पनि २५
रुपैयाँ मात्रै घटाएको जानकारहरु बताउँछन्। अन्तर्राष्ट्रिय बजारमै ग्यासको मूल्य
घटेर आए पनि सोहीअनुसार निगमले मूल्य नघटाउँदा त्यसको भार उपभोक्ताले बेहोर्नुपरेको
छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले गतसाता पठाएको नयाँ मूल्यअनुसार
प्रतिसलिन्डरमा ५४ रुपैयाँ ९ पैसा घटेर आएको छ । तर निगमले भने प्रतिसिलिन्डर २५
रुपैयाँ घटाएर उपभोक्ता माथि अझै भार थपेको छ । 
निगमका अनुसार ग्यासको मूल्य
घटेर आएता पनि डिजेल र पेट्रोलको मूल्य बढेर आएकाले यथावत राखिएको छ । अब ग्यासको मूल्य
प्रतिसिलिन्डर १ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार पेट्रोलमा १
रुपैयाँ ८ पैसा र डिजेलमा ४८ पैसा मूल्य बढेर आएको छ । त्यस्तै मटितेलमा १ रुपैयाँ
१० पैसा र हवाई इन्धनमा १ रुपैयाँ १४ पैसा मूल्य बढेर आएको निगमले जानकारी दिएको छ
। 
 
 
 
 
 
 
 

No comments