Add

Add

सुस्त खुलेखानी तेस्रो

३ वर्ष ८ महिनामा कूल २ अर्ब ४३ करोड रुपैंया लागतको मकवानपुरमा २०६४ चैत्रमा सुरु भएको १४ मेगावाटको कुलेखानी तेस्रो जलविधुत आयोजना १० वर्ष हुन लाग्दा पनि विजुली उत्पादन हुन सकेको छैन ।  सिभिलको काम करिब पूरा भएतापनि इलेक्ट्रो मेकानिकल उअपकरण करिब ७० प्रतिशत मात्र जडान हुन सकेको छ । अहिले सम्म पटक पटक आयोजनाको म्याद र लागत थपिदै आएको छ । हालसम्म २ अर्ब २० करोड रुपैंया लागत थपिएको छ जुन शुरु लागतको करिब ९० प्रतिशत हुन आउँछ । सुत्रका अनुसार आगामी चैत्र सम्म समय थप्ने र लागत ५ अर्ब रुपैंया नाघ्ने अनुमान रहेको छ ।
२०६८ मंसिरमा आयोजनाको सम्पूर्ण निर्मा पूरा गर्ने लक्ष्य रहेको उक्त आयोजनाको यसै हप्ता उर्जामंत्रीद्वारा स्थलगत निरीक्षण गर्दा मङ्सिर सम्ममा विधुत उत्पादन हुने कुरामा आयोजनाका ठेकेदारहरुले प्रतिबद्धता जनाएका थिए ।


No comments

Powered by Blogger.