भ्रष्टाचारलाई न्यूनीकरण गरौँ !
भ्रष्ट आचारलाई जोडेर भ्रष्टाचार भन्ने गरिएको होला ।
भ्रष्ट आचारका आकार प्रकारहरु धेरै छन् तर मौद्रिक लेनदेन गरी सम्पन्न गरिएको
क्रियालाई नै भ्रष्टाचार भन्ने गरिएको छ । यसलाई साधारण नेपाली भाषामा घुस खाने
खुवाउने कार्य भनेर पनि बुझ्ने गरिन्छ । 
नेपालमा परापूर्व कालदेखि नै घुस खाने खुवाउने चलन
चल्दै आएको छ । कुनै मन्दिरमा गएर देवी देवताको आगाडी हे भगवान ! मेरो काम वा
इच्छा पूरा गरिदिनुस म हजुरलाई यो कुरा चढाउँछु । हामीमा विकास हुँदै गरेको यस्तो
प्रवृति सरकारी कार्यालय, राजनैतिक क्षेत्र, शक्ति केन्द्रहरुमा प्रवेश गर्दै
गर्दै घुस खानु र खुवाएर काम सम्पन्न गर्नु सामान्य कुरा जस्तो देखिएता पनि यसले
नेपाली जनजीवनमा खासगरी कम आय भएका जनता नै बढी पिडित भईरहेका छन् । 
नियम कानुन मिचेर घुस खाएर काम गर्दा एकदिन समातिएला
भन्ने डरले अचेल नियम कानुनको दायरामा बसेरै सजिलै गर्न मिल्ने कामलाई पनि
"तपाईंको काम मिल्दैन, यो लाउनुस,त्यो ल्याउनुस भन्दै अड्को थापेर
सेवाग्राहीलाई दुख दिदै घुस खाने चलन पो बेस्सरी मौलाउन थालेकाले यो अवस्था झन्
चिन्ताजनक देखिएको छ । नियमले गर्न मिल्ने काम पनि नगरेर घुस खाना खोज्नु त्यो
व्यक्तिको प्रवृति होला तर नियमले मिल्ने काममा पनि घुस खुवाएर काम गराउनु हाम्रो
आफ्नै गल्ती हो र यहि हाम्रो गल्तीले नै भ्रष्ट र भ्रष्टाचारीलाई झन् ठूलो बढावा
दिईरहेको छ । 
हो ! घुस नाखुवाउँदा एकछिन तपाईंको काम ढिला होला,
तपाईंले उपल्लो निकायलाई गुहार्न जानु पर्ला, तर परे हल्ला खल्ला पनि गर्नुस् र
आफ्नो काम सम्पन्न गर्नुस् । यसपछि त तपाईं आफूले आफैंमा गर्व गर्नु हुन्छ, घुस
नखुवाई काम सम्पन्न गर्नु भएकोमा । 
मानौं, एउटा सरकारी संस्थानमा ३० जना सहायक पदको लागि
विज्ञापन खुल्यो जसमा ५००० भन्दा बढी उम्मेदवारहरुको दरखास्त पर्यो । तपाईंको छोरा
वा छोरीले रातदिन मेहनत गरी लिखित परीक्षाको रिजल्टमा पास भएका ४० जना मध्येमा नाम
निकालेको छन् । अब ४० जना कै अभिभावकहरु नै शक्ति केन्द्र धाउन थाल्दछन् । घुस
खुवाउन तयार हुन्छन् । त्यति गर्दा पनि १० जना त असफल हुन्छन नै । यदि ४० जना नै
घुस खुवाउन तयार नभए आखिर त्यो संस्थाले अन्तरवार्तामा ३० जनालाई त छान्ने पर्छ
पर्छ । जुन कुरा हुनै पर्दछ,हुन्छ नै । जसरी पनि हुने त्यहि कुराको लागि हामी घुस
खुवाउन किन तछाड मछाड गर्छौं ? सोचौं ! 
 
 
 
 
 
 
 

No comments