Add

Add

कम मात्रामा मात्र जग्गा नापी भएको

मकवानपुरमा ५६ हजार ४ सय ६१ विगहा जग्गा मात्र नापी भएको  सम्बन्धित निकायले जनाएको छ । सरकारले २०३२ सालपछि नापी नगर्दा मकवानपुरमा ठुलो समस्या भएको जिल्ला नापी कार्यालयको बताएको छ । जिल्ला नापी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा २१ हजार १ सय ७० विगहा सरकारी जग्गा, २ सय ६५ विगहा सरकारी गौचरण, मिनहा जग्गा २७ हजार १ सय २५ विगहा, सार्वजनिक गुठीमा रहेको ८ सय ९५ विगहा, नम्बरी जग्गा ३७ हजार २२ विगहा, आवहत ३ हजार २ सय ८४ विहगा रहेको मकवानपुरका प्रमुख नापी अधिकृतले जानकारी दिएका छन् । 

जग्गा नापी नहुँदा मकवानपुरमा सुकुम्वासी समस्या देखिएको समेत उनको भनाई रहेको छ । वर्षौबाट बसोबास गर्दै आएको जग्गा नापी नहुँदा विभिन्न सरकारी क्रियाकलापहरु सञ्चालन गर्न समेत समस्या हुँदै आएको छ । विभिन्न समयमा आउने प्राकृतिक विपतमा पनि अनुदान लगाएको सहयोगको लागि सरकारले लालपुर्जा भएको प्रमाण खोज्ने गरेकोले पनि जग्गा नापी नहुँदा समस्या आएको पीडितहरुको गुनासो रहेको छ ।
गत २०७२ साल बैशाख १२ मा गएको भुकम्पमा परि क्षति भएका घरहरु निर्माणमा पनि लालपुर्जा नभएका ऐलानी जग्गाले निकै समस्या पारेको बताउँदै सरकारले चाँडोभन्दा चाँडो जग्गाको नापी गरि लालपुर्जा वितरण गर्नुपर्ने बताएका छन् । 

No comments

Powered by Blogger.