साताको सेयर कारोबार
साताभरको व्यापारमा बजारमा ३ अर्ब
३१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यो ८.४५
प्रतिशतले बढी हो । गत साता सेयर बजारमा ३ अर्ब ५
करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । ४० हजार १ सय ८३ कारोबारबाट
१ सय ७५ कम्पनीका १ अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयर खरिद–बिक्री भए । गत साता २७ हजार ४ सय ६६ कारोबारबाट ८४ लाख
४६ हजार ४ सय ६० कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ५
करोड ६७ लाख ६२ हजार रुपैयाँ परिचालन भयो ।
साप्ताहिक कारोबारमा नेप्से
परिसूचक करिब १२ अंकले घटयो । तर आइतबारको तुलनामा भने ०.१६ अंकले घटेर अन्तिम दिन
१ हजार ६ सय १७.८१ अंकमा ओर्लियो । अघिल्लो साता बाढीले अधिकांश भूभाग डुबानमा
परेपछि तराई क्षेत्रको जनजीवन कष्टकर बनेसँगै सेयर बजारमा पनि त्यसको प्रभाव
देखिएको थियो । गत साता पछिल्ला कारोबारहरूका नेप्से केही सुधारको बाटोमा देखिएको
छ । आइतबार कारोबार सुरु हुदाँ १ हजार ६ सय १७.९७ मा रहेको नेप्से बिहीबार १ हजार
६ सय १७.८१ विन्दुमा ओर्लेको छ । यो साता अन्य कम्पनीबाहेक सबै समूहअन्तर्गत
कम्पनीका सेयरधनीका लागि सुखद रहेन ।
कारोबारमा रहेका सबै समूहको
परिसूचक ऋणात्मक रहेपछि बहुसंख्यक लगानीकर्ताको सम्पत्ति घटयो । यसकारण यो साता
सेयर बजारको आकार (कुल बजार पुँजीकरण ) साढे ४ अर्ब रुपैयाँले साँघुरियो ।
साप्ताहिक कारोबारमा ‘अन्य’ समूहको परिसूचक १०.४१ अंकले बढयो । तर, बिमा समूहको परिसूचक ४४.३१, उत्पादन तथा प्रशोधन समूहको ३४.८, होटलको २९.७७,
जलविद्युत्को ५.५५, बैंकिङको १५,
विकास बैंकको १३.१७ र
वित्त कम्पनीको ७ अंकले घटेको नेप्सेले जनाएको छ ।
साप्ताहिक कारोबारमा बैंकिङ
समूहको बजार हिस्सा २६ प्रतिशत छ । गत साता यो समूहको यस्तो हिस्सा ३२ प्रतिशत
थियो । सोही अवधिमा बिमा समूहको हिस्सा २५.३ प्रतिशत देखिन्छ ।

No comments