Add

Add

अर्गानिक कृषि उत्पादन तर्फ आकर्षण

मकवानपुरको औद्योगिक क्षेत्र अन्तर्गत रहेको मदरल्याण्ड एग्रीकल्चर ईन्ण्डस्ट्रीज प्रा.लि.ले घिउकुमारी तथा विभिन्न कृषि उत्पादन सामाग्री बजारमा ल्याएको छ । गतसाता नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा पत्रकार भेटघाट तथा उत्पादन प्रदर्शन गर्दै जैविक रुपमा कुनै रासायनिक विषादी प्रयोग नगरिएको जैविक उत्पादन बजारमा ल्याएको उद्योगका संचालक तथा माटो तथा जैविक प्रशिक्षक जीवन तामाङले जानकारी दिएका थिए ।

उद्योगले बिगतमा घिउकुमारीको जुस तथा विभिन्न खाद्य सामाग्री उत्पादन गरेको तर नेपाल सरकारको ऐनको प्रावधानका कारण अहिले तत्काल बेच्न नपाएको गुनासो सुनाउंदै असोज १ गतेदेखि आलुको चिप्स बजारमा आउने समेत जानकारी दिएका थिए । उत्पादन प्रदर्शन कार्यक्रममा एलोवेराबाट बनाइएको चिरायु ह्याण्ड स्यानिटाईजर र आलुको चिप्स प्रदर्शन गरिएको थियो । संचालक तामाङले भुई स्याउबाट चिप्स बनाउने तयारी भएको पनि बताएका थिए ।

मकवानपुरका करिब ९५ प्रतिशत जमिनमा अम्लियपन भएको बताउँदै तामाङले  उद्योगले बायो अर्गानिक कृषि र जडीबुटी प्रवर्द्धन, लघु उद्योग खोल्ने, एक किसान १ जेटीए जस्ता योजनाहरुका साथ अगाडि बढिरहेको जानकारी दिएका थिए । अहिले महिलाहरुको सक्रियतामा पनि कृषि उत्पादन अगाडि बढेको बुझिएको छ ।



No comments

Powered by Blogger.