११ सय ६२ घर निर्माण सम्पन्न
२०७२ को
महाभूकम्पबाट क्षतिग्रस्त घरहरु मध्ये मकवानपुरका ११ सय ६२ वटा घर पुननिर्माण
कार्य सम्पन्न  भएको छ । यसै साता हेटौँडामा
आयोजना भएको भुकम्प पछिको पुननिर्माणको कामको विषयक अन्तरक्रिय कार्यक्रममा मकवानपुरको
पुनःनिर्माणको तथ्याङ्क बारे जानकारी गराइएको हो । तथ्याङ्कको
विषयमा जानकारी दिँदै पुनः निर्माण प्राधिकरण हेटौँडाले मकवानपुरमा पछिल्लो समय
पुनः निर्माण कार्य निकै तिब्र ढंगबाट अघि बढिरहेको  बताएको छ । 
मकवानपुरमा
भुकम्पको कारण ३१ हजार ६ सय ५८ घरको क्षति भएको पहिचान गरिएको थियो । जस अनुसार
राज्यले दिने अनुदानको लागि २२ हजार ४ सय ५९ घरले सम्झौता गरेका थिए । जसमध्ये २१
हजार २१ हजार ६ सय ७० लाभग्राहीले लिएको भएपनि जम्मा ७ हजार ३ सय ६ जनाले मात्र घर
निर्माण सुरु गरिरहेका जानकारी पनि उक्त कार्यालयले दिएको छ। 
त्यसैगरी दोश्रो
किस्ता लिनको लागि ३ हजार ९ सय १९ जनाले निवेदन दिएको मध्ये ३ हजार ३ सय ५६ लाई
मात्र प्रमाणीकरण गरिएको थियो । तर तेश्रो किस्ताको लागि निवेदन दिनेको संख्या ५
सय ८० भएकोमा ५ सय ७७ को मात्र प्रमाणीकरण गरिएको थियो ।
 
 
 
 
 
 
 

No comments