Add

Add

ट्रान्स्फर्मर थप्दै विद्युत् प्राधिकरण

नेपाल विद्यूत प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडाका विभिन्न स्थानहरुमा ट्रान्स्फर्मर थप्ने भएको छ । हेटौंडामा छोटो अन्तरालमा नै लाईन जाने समस्या बढ्दै गएपछि त्यसको समाधानको लागि प्राधिकरणले ट्रान्स्फर्मर थप्न थालेको बुझिएको छ ।


हेटौंडाको हुप्राचौर सहित अन्य मूख्य स्थानहरुमा ५ वटा ट्रान्स्फर्मर थप्न थालिएको नेपाल विद्यूत प्राधिकरण हेटौंडाले जानकारी दिएको छ । अहिले ट्रान्स्फर्मर थप्नका लागि हुप्राचौरका साथै विभिन्न स्थानहरुमा सिमेन्टको पोल गाड्ने कार्य धमाधम भइरहेको छ ।

हेटौंडामा ५ वर्षको अन्तराल पछि मात्रै अहिले ट्रान्स्फर्मर थप्न थालिएको प्राधिकरणले जानकारी दिएको छ । यस अघि बारम्बार फ्यूज जाने समस्याले धेरै दुःख दिएको हेटौंडामा अब भने यो समस्याबाट छुटकारा मिल्ने कुरामा प्राधिकरणले आशा व्यक्त गरेको छ । 


No comments

Powered by Blogger.