Add

Add

हेटौंडाको प्रत्येक घरमा नम्बर सहितको स्टिकर

कुनैपनि अपराध वा घटना हुने बितीकै वा हुने आशंका भए लगतै प्रहरीलाई खबर गर्नका लागि सजिलो होस भन्ने मूख्य उदेश्य सहित अहिले हेटौडाका प्रत्येक घरघरमा स्टीकर टाँस्ने काम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौडाका सबै प्रहरी युनिटहरुको फोन र मोवाईल नंम्बर सहितको अनुरोधको स्टिकर टाँस्न सुरु गरिएको हो ।
यो स्टिकरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी सहितको फोन नंम्बर राखिएको छ । समाजमा कुनैपनि खालका घटना भईहालेमा त्यसबाट प्रहरी सम्म जानकारी पु¥याउनका लागि सजिलो होस साथै समाजलाई अपराध मुक्त बनाउने उदेस्यले मकवानपुर प्रहरीको अनुरोध सहितको स्टिकर टाँस कार्य सुरु गरिएको हो।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले समाजमा भएका अपराधका घटना बाहिर ल्याउनका लागि यसले ठुलै मदत गर्ने बताउनुभयो । कार्यक्रममा मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौडाका डिआईजी गणेश केसीले जनतासंगको सहभागितामा यो काम गरिएको बताउनुभयो । अपराध अनुसंधानको क्षेत्रमा प्रहरीको नंबर सहितको स्टिकरले मदत गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बसन्तकुमार लामाले हिजोबाट सुरु भएको स्टिकर टाँस्ने कर्यक्रम जिल्ला भर बिस्तार गर्नका लागि तयार रहेको बताउनुभएको छ ।

No comments

Powered by Blogger.