विगत ६ वर्षमा नेपाल
राष्ट्र बैङ्कले अमेरिकी डलर लगायत परिवत्र्य विदेशी मुद्रा तिरेर खरीद गर्ने
भारतीय रुपैयाँ दोब्बरभन्दा माथि पुगेको छ । भारतबाट हुने आयात र नेपालमा काम
गर्ने भारतीयहरूले लैजाने रकमको माग वर्षेनि उच्च दरमा बढे पनि सोही अनुपातमा
आपूर्ति हुन नसक्दा भारू सङ्कट गहिरिँदै गएको हो ।
यो प्रवृत्तिलाई
बेलैमा समाधान नगरिए कुनै पनि समय परिवत्र्य विदेशी मुद्रा र भारू दुवैको अभाव हुन
सक्ने देखिएको छ । यदि त्यस्तो अवस्था आएमा नेपाली अर्थतन्त्र गम्भीर सङ्कटमा पर्न
सक्ने जोखीम बढ्दै गएको कुरालाई नकार्न सकिदैन। तर नेपाल सरकार र केन्द्रीय
बैङ्कबाट भने निकट भविष्यमा नै आउन सक्ने त्यस्तो जटिल अवस्थालाई रोक्न खासै
प्रयास भएको देखिएको छैन ।
वर्षेनि अर्बौं डलर
खर्चेर खरीद गरेको भारूले भारतबाट वस्तु आयात गर्नुभन्दा त्यस्तो आयातको भुक्तानी
डलरमा नै गर्ने व्यवस्था मिलाए नेपाली अर्थतन्त्र दोहोरो मारबाट बच्न सक्ने साथै
अर्थतन्त्रमा निकै फाईदा पुग्ने देखिन्छ ।
हालै भारतमा लागू
भएको वस्तु तथा सेवाकर (जीएसटी) ले भारूको माग व्यवस्थापन र विदेशी मुद्रा सञ्चिति
दोहोरो लाभ प्राप्त गर्ने अवसर सृजना गरिदिएको छ । पहिलो डलरमा हुने निर्यातमा
भारतले जीएसटी नलगाउने भएकाले नेपालमा आयात हुने औद्योगिक कच्चा पदार्थ, मेशिन उपकरण तथा
उपभोग्य वस्तुको लागत कम हुन्छ । यसबाट नेपाली उद्योगको उत्पादकत्व र उपभोक्ताको
क्रयशक्तिमा सुधार आउने र राष्ट्र बैङ्कले डलर बेचेर भारू खरीद गर्ने झन्झट पनि
गर्नु पर्दैन भने नेपालले नक्कली भारू कारोबार स्थलको आरोप पनि खेप्न नपर्ने ठूलो
सम्भावना देखिएको छ ।
भारतले भारूमा हुने
निर्यातलाई निर्यात नमान्ने र कर छूट नदिने भएकाले डलर खर्चेर किनेको भारूमा भन्दा
डलरमा नै आयात गर्नु सरकार र निजीक्षेत्र दुवैलाई लाभदायक हुन्छ । यसतर्फ राष्ट्र
बैंक तथा नेपाल सरकारको ध्यान समयमा नै जाओस् ।
Subscribe to:
Post Comments
                      (
                      Atom
                      )
                    
 
 
 
 
 
 
 

No comments