Add

Add

लघुवित्तको नाफा घट्न सक्ने संभावना

अब लघुवित्त विकास बैंकहरूको नाफा घट्ने संभावना देखिएको विज्ञहरु बताईरहेका छन्। अधिकांश लघुवित्तले गत आर्थिक वर्ष (२०७३/७४)को वित्तीय विवरण सार्वजनिक गर्न बाँकी नै रहे पनि प्रारम्भिक विश्लेषणका आधारमा यस्तो अवस्था देखिएको विज्ञहरु बताउँछन् ।गत आवमा वित्तीय क्षेत्रमा देखिएको कर्जा लगानीयोग्य रकम अभावको असर लघुवित्तलाई पनि परेको हुनाले नाफा घट्ने भएको हो ।बैंकहरूवाट फण्ड लिँदा नै धेरै व्याज तिर्नु परेकाले लघुवित्तको कस्ट अफ फण्ड(लागत खर्च) बढेको माइक्रोफाइनान्स एसोसिएसनले बताएको छ। साथै बैंक तथा वित्तीय संस्थाहरूले चाहेर पनि माइक्रोफाइनान्सलाई लगानी गर्न सक्ने अवस्था नभएकाले फण्ड अभावको समस्या आएको पनि बताएको एसोसियसनको दाबि छ
बैंकहरूले निक्षेप बढाउन फोकस गर्दा ब्याजदर बढेको छ । बैंक तथा वित्तीय संस्थाहरू लगानी गर्ने अवस्था नभएको कारणले पनि माइक्रोफाइनान्सहरूमा देखिएको फण्ड अभावको समस्या अझै पनि समाधान भइसकेको छैन ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्नुपर्ने व्यवस्था हटाएको छ । त्यो २ प्रतिशत पनि अब माइक्रोफाइनान्समार्फत नै आउने भएपछि त्यसलाई भने सकारात्मक रूपमा लिएको एसोसियसनको भनाइ छ । वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जा लगानीको ५ प्रतिशत, विकास बैंकहरूले ४.५ प्रतिशत र वित्त कम्पनीहरूले ४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्छ । त्यो कर्जा प्रत्यक्ष नभइ माइक्रोफाइनान्समार्फत गर्दा पनि हुने भएको छ। मौद्रिक नीतिको व्यवस्थाले चालू आर्थिक वर्षमा फण्ड उपलब्धतामा केही सहज भए पनि गत आर्थिक वर्षका पछिल्ला २ त्रैमासमा माइक्रोफाइनान्सको लगानी क्रमिक रूपमा घटेको पनि एसोसियसनको भनाई रहेको छ । 
गत आर्थिक वर्षको चैतमसान्तसम्ममा केही माइक्रो फाइनान्सको कस्ट अफ मात्रै १० प्रतिशत भन्दा धेरै छ । औसतमा माइक्रोफाइनान्सको कष्ट अफ फण्ड ८ प्रतिशत र सञ्चालन खर्च ८ प्रतिशत हुँदा अधिकता १८ प्रतिशतमा कर्जा प्रवाह गरेका संस्थाको नाफा २ प्रतिशत मात्र हुन्छ । औसतमा सञ्चालन खर्च ८ प्रतिशत रहेको संस्थाको सञ्चालन खर्च नियन्त्रणमा नै रहेको बुझिएको छ। 


No comments

Powered by Blogger.