द्रुत मार्ग आर्थिक विकासको मेरुदण्ड
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौँ द्रुत मार्गको
निर्माणले तराई मधेसको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास यस क्षेत्रका
उद्योगी व्यापारीले लिएका छन् । पहाड र हिमाललाई तराईसँग जोड्ने दु्रत
मार्गको निर्माणका लागि सरकारले आव २०७४/७५ को बजेटमार्फत १० अर्ब १४
करोड बजेट विनियोजन गरेको छ । नेपालको लाइफ
लाइनको रुपमा रहेको सो मार्गको निर्माणसँगै यस क्षेत्रमा रहेका उद्योग, कलकारखानाको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वाससँगै
उद्योगी व्यापारीले सो मार्गको प्रयोगले इन्धनको बचतसमेत हुने बताएका
छन् ।
उक्त मार्गको
निर्माणको ठेक्का नेपाली सेनाले पाएपछि चार वर्षभित्रै निर्माण
सम्पन्न हुनुका साथै गुणस्तरीय समेत हुने हुने विश्वास लिइएको छ । द्रुत मार्गको निमार्णले वीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका
उद्योगको विकास हुने उद्योगपति तथा समाजसेवीहरु बताउँछन् ।
निर्माणको ठेक्का
पाएको नेपाली सेनाले कामको सुरुवात गरिसकेको छ । तराईलाई
काठमाण्डुसंग जोड्ने छोटो मार्गका रुपमा रहेको सो द्रुत
मार्गको प्रयोग गर्दा इन्धनको बचत हुने र समय कम लाग्नेछ । करिब ७६ किलोमिटर लामो द्रुत
मार्ग ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँको चाल्नाखेल हुँदै
दक्षिणकाली, गढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढस्थित
पूर्व पश्चिम राजमार्गसँग जोडिने छ ।
दु्रत मार्गले मधेस र
काठमाडौँबीचको दूरीलाई कम गरी सौहार्दपूर्ण सम्बन्धमा समेत
प्रगाढता ल्याउने विज्ञहरु बताउँछन् ।
दु्रत मार्गको चौडाइ
पहाडी क्षेत्रमा २३ मिटर तथा तराईको समथर क्षेत्रमा २५
मिटर रहने छ । सो मार्गमा साना ठूला गरी ७६ वटा पुल रहने छन् । यही मार्गभित्र डेढ किलोमिटर लामो दुईवटा सुरुङमार्ग रहने छन् भने छवटा
अकासे पुल समेत रहने छन् । दु्रत मार्गमा दुईवटा कर सङ्कलन गर्ने
राजस्व दस्तुर केन्द्र रहने छन् । चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक
निर्माणपछि काठमाडौँ पुग्न बढीमा एक घन्टा समय लाग्ने बताइएको छ ।
 
 
 
 
 
 
 

No comments