Add

Add

आगलागी हुँदा पनि नपड्किने ग्यास अब हेटौंडामा

क्लासिक ट्रेड इन्टरनेसनल प्रा.लिले नेपाली बजारमा ल्याएकोआगलागी हुँदा पनि नपड्किने कम्पोजिट (खाना पकाउने) एल.पी.ग्यास सिलिन्डर हेटौंडा   बजारमा पनि भित्रिएको छ   
आधुनिक प्रविधिबाट बनेको कम्पोजिट सिलिन्डर, कार्बन कम्पोजिट फाइबरले बनेकोले बिष्फोट नहुने, ४० डिग्री सेन्टिग्रेट समेतमा पनि नजम्ने, नेपाल सरकार, नेपाल नापतौल तथा गुणस्तर विभाग बाट प्रमाणित र १३५ देखि १४० सम्मको प्रेसर भार थेग्न सक्ने बताइएको छ   घामपानीबाट खिया नलाग्ने, युनिभर्सल भल्व जडान गरिएकाले हालको फलामको भन्दा कम्पोजिट ग्यास सिलिन्डर सुरक्षित तथा भरपर्दो समेत रहको र हाल हेटौडामा १५ हजार सिलिन्डर भित्र्याईएको क्लासिक ट्रेड इन्टरनेशनले बताएको छ  

नेपालमा एनएल ग्यास उद्योग मार्फत उपलब्ध हुने यस सिलिण्डरको मूल्य भने फलामको भन्दा तीन गुणा महँगो छ । एउटा खालि सिलिन्डरको १० हजार ६ सय २५ रुपैया पर्ने बताइएको छ । कम्पोजिट ग्यास सिलिन्डर किन्दा महंगो परेपनि निगमले तोकेकै दरमा ग्यास भर्न पाइनेछ  

No comments

Powered by Blogger.