Add

Add

बजेट माथि मउवा संघको प्रतिक्रिया

नेपाल सरकारले गत सोमबार ल्याएको बजेट माथि मकवानपुर उद्योग बाणिज्य संघले प्रतिक्रिया जनाएको छ । सोहि साँझ एक बिज्ञप्ति जारी गर्दै संघले निजि क्षेत्रले दिएको सुझाब उपर सरकारले सम्बोधन नगरेको जनाएको छ 
विज्ञप्तिमा भनिएको छ, 'सरकारले जारी गरेको नीति नियममा रही स्थानीय सरकारलाई नै दिएको बजेट खर्च गर्ने अधिकार, स्थानीय विकासका लागि प्राथमिकतामा परेको स्थानका लागि बजेट विनियोजन गर्न सक्ने सम्मको अधिकार हामी निजी क्षेत्रले सकारात्मक रुपमा लिएको सहर्ष जानकारी गराउँदछौं । तर कतिपय विषयहरु स्वागत योग्य हुँदाहुँदै पनि निजी क्षेत्रका केही विषयमा यस बजेटले खासै सम्बोधन गरेको छैन भन्ने हामीलाई महशुस भएको छ'  
मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने हस्ताक्षरित उक्त विज्ञप्तिमा औद्योगिक लगानी मैत्री वातावरणका लागि बजेटले कुनै पनि प्याकेज नल्याएको, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा निजी क्षेत्रले साना व्यवसायीहरुका हकहितमा थ्रेसहोल्डका विषयमा दिएका सुझावलाई नसमेटेको र विदेशी उद्योग तथा उत्पादन बढाउन स्वदेशी उद्योगी व्यवसायीहरुको विषयमा सम्बोधन नगरिएको लगाएतका कुराहरु उल्लेख गरिएको    





No comments

Powered by Blogger.