अतिरिक्त करको सन्त्रास
सरकारले आर्थिक वर्ष २०७४/७५ को
बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ ।
स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बजेटसँगै आन्तरिक स्रोतबाट पनि
बजेट बनाउनु पर्नेछ ।संविधानले स्थानीय तहलाई आर्थिक तथा कानुन बनाउनेसमेत अधिकार
प्रदान गरेको छ । यसले त्यहाँका नागरिकले अबका दिनमा बढी कर तिर्नुपर्ने अवस्था
आउनसक्ने देखिन्छ ।  
स्थानीय तहले आन्तरिक स्रोतका
लागि जनतासँग विभिन्न सेवा शुल्क र  कर
लगायत उठाउन पाउँछन् ।  संविधानको
५, ६, ७, ८ र ९
मा संघ, प्रदेश
र स्थानीय सरकारका अलगअलग कर लिन पाउने व्यवस्था गरिएको छ । यसैगरी साझा अधिकारको
पनि व्यवस्थाअनुसार करको दायरा बढ्न जाने देखिन्छ ।  
यसलाई स्थानीय तहले त्यसका
सभाबाट निर्णय गराएर मात्र संकलन  गर्न
पाउनेछन् । यसअघि स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली २०५६ ले
तत्कालीन स्थानीय निकायलाई मालपोत कर र एकीकृत सम्पत्ति कर, दण्ड
जरीवाना लगायतका शुल्क संकलनको सामान्य अभ्यास भने भएकै हो ।
विगतका स्थानीय निकायहरू केही
नगरपालिकाबाहेक आन्तरिक स्रोत संकलनमा अधिकांश निकै कमजोर रहेको स्थानीय निकाय
वित्तीय आयोगका प्रतिवेदनमा उल्लेख छ । विगतका स्थानीय निकायहरू सरकारी अनुदानमा
निर्भर थिए । तर, अब
उनीहरूलाई संविधानले नै कर उठाउन अधिकार दिएकोले आन्तरिक स्रोत बढाउन अग्रसर
हुनुपर्ने छ ।
यता अहिले संविधानले स्थानीय
तहलाई विभिन्न कर लगाउने अधिकार दिएपनि संघमा ८० प्रतिशतभन्दा बढी कर उठाउन पाउने
अधिकार प्रदत्त गरेको छ । त्यसैले स्थानीय तह संघीय र वित्तीय समानीकरणमा नै भर
पर्नुपर्ने अवस्था रहने देखिन्छ । स्थानीय सरकारले कर संकलन
गरेपछि सडक, बिद्युत, खानेपानी, फोहोरमैला
व्यवस्थापन, आधारभूत
स्वास्थ्यजस्ता सुविधा दिने क्षमता राख्नु पर्छ । 
स्थानीय तहमा लाग्ने करहरुमा सम्पत्ति
कर, घरबहाल
कर, घरजग्गा
रजिष्टे«शन
शुल्क, सवारीसाधन
कर, सेवाशुल्क
दस्तुर, पर्यटन
शुल्क, विज्ञापन
कर, व्यवसाय
कर, भूमि
कर(मालपोत) र मालपोत संकलन, दण्ड
जरिवाना, मनोरञ्जन
कर 
आदि पर्दछन् ।
 
 
 
 
 
 
 

No comments