२५ मिटरबारे मेयरले गरे यस्तो घोषणा
उपमहानगरपालिकाका
नव निर्वाचित मेयर हरिबोल महतले राज्यले गुण्डागर्दी शैलिमा हेटौँडाको २५ मिटर
भत्काउन नसक्ने घोषणा गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौँडामा
गरेको स्वागत तथा सम्मान कार्यक्रमा बोल्दै मेयर महतले विश्वको कुनै पनि मुलुकको बीच
सहरबाट राष्ट्रिय सडक नभएको भन्दै हेटौँडाको हकमा पनि बाइपासबाट समस्याको समधान
गर्न सकिने बताए । राज्यलाई हामीले
वाईपासको विकल्प दिएको बताउँदै यदि राज्यले लगानी र्न नसक्ने हो भनेपनि स्थानीय
सरकारले लगानी गरेर भएपनि बाइपास निर्माण गर्न सकिने र त्यसका उद्योगी  व्यवसायीहरुको साथ र सहयोग आवश्यक रहेको बताए । 
सहर भत्काउनु
पर्छ भन्ने सन्दर्भमा सहरबाट एसियन हाईवे बनाउने हो भने हामीले कसरी सफा सहर बनाउन
सक्छौ । यदि सहरको बीचबाट हाइवे बन्यो भने त्यहाँ चल्ने ठूला सबारीसाधनको
प्रदुषणले हामी स्वस्थ बन्न सक्छौ ? उनले
सहरलाई सुन्दर बनाउनको लागि पनि सहरको बिचबाट हाइवे बन्न नसक्ने बताउनु भएको थियो
। 
 
 
 
 
 
 
 

No comments