Add

Add

घर बनाउदा ३ वटा रुख रोप्नैपर्ने

हेटौंडा उपमहानगरपालिकाका नव निर्वाचित मेयर, उपमेयर र वडा अध्यक्षहरुको बैठकले हेटौंडा अब बन्ने घरको प्रांगणमा तीन वडा विरुवा हुर्काउनु पर्ने निर्णय गरेको छ । यो निणय संगै अब हेटौंडामा निर्माण हुने घरधनिहरुले तीवटा बिरुवा रैप्नैपर्ने हुन्छ ।
पहिले घरको नक्सा पास गरेर घर निर्माण गरिसकेपछी तीनवटा बिरुवा हुर्काएको नभएमा फेरी उपमहानरपालिकाबाट सम्पन्नता लिदा घरधनिले सम्पन्नता नपाउने भएकाछन् । त्यसैगरि सामाजिक सुरक्षाभत्ताको रकम हेटौंडा उपमहानगरपालिकाका बृद्धबृद्धाहरुलाई कर्मचारीले घरघरमानै पु¥याउने निणय भएको छ । बैंकमा लाईन बस्नुपर्ने र टाढाबाट बैंकमा धाउनुपर्ने बाध्यता भोग्दै आएका बृद्धबृद्धाहरुलाई सजिलो होस भन्ने उदेस्यले घरघरमानै लगेर बृद्धभत्ता वितरण गर्ने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाले जानकारी दिएको छ ।
त्यसैगरि हेटौंडामा तत्कालका लागि जग्गा प्लटिङ स्विकृत नदिईने निर्णय भएको छ । हेटौंडामा जताततै खेतियोग्य जमिन समेत प्लटिङ गर्दै घडेरीका रुपमा बिक्री भईरहेको समयमा अब प्लटिङ स्विकृत लिन पनि समस्या हुने भएको छ । यसका लागि थप अध्ययन गर्न हेटौंडाका नवनिर्वाचित उपमेयर मिना लामाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । यो निर्णय हेटौंडाका लागि निकै नै सह्रानीय रहेको जानकारहरु बताउँछन्
मेयर महतको अध्यक्षतामा बसेको उक्त बैठकले अति विपन्न परिवारका बालबालिकालाई पठनपाठनका लागि सहयोग गर्ने समेत निर्णय गरेको छ । विपन्नताकै कारण पठनपाठन अबरुद्ध भएका बालबालिकाहरुका लागि पढ्नका लागि उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।

बासुदेब सभागृहलाई चाँडो निर्माण गर्ने, हर्नामाडी गुम्बाडाँडाको माष्टरप्लान निर्माण गर्ने, कबर्डहल थप व्यवस्थित गरेर आधुनिक कबर्डहल निर्माण गर्ने, प्लाष्टीकका झोला नियन्त्रणमा नियन्त्रण कडाईका साथ कार्यान्वयन गर्नका लागि सरोकारवाला संग छलपल गरेर अगाढी बढ्ने निर्णय भएको छ ।

No comments

Powered by Blogger.