नेप्सेमा सामान्य सुधार
यो साता नेपाल स्टक एक्सचेन्ज
(नेप्स) परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । यो साता परिसूचक पहिलो दिनको
तुलनामा २.३४ अंकले बढेर अन्तिम दिन १६२९.५८ अंकमा पुगेको छ । 
सातामा १५५ कम्पनीहरुको कारोबार
हुँदा दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरका ४५ लाख ६७ हजार ९० कित्ता
सेयरहरु खरिद बिक्री भएका छन् । 
कारोबार रकम गत साताको भन्दा ४.२७
प्रतिशत बढि हो । गत साता १५५ कम्पनीहरुको दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार
रुपैयाँ बराबरका ८३ लाख २६ हजार दुई सय २० 
कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको
तुलनामा ०.१३ अंकले बढेर ३४५.९९ अंकमा आईपुगेको छ । यो साता कारोबार रकम (१३ करोड
७६ लाख ८० हजार रुपैयाँ) को आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा
रहेको छ ।
कारोबार भएको सेयर संख्या (चार लाख
४४ हजार कित्ता) को आधारमा ललितपुर फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा
रहेको छ । कारोबार संख्या  (१८८९ वटा) को
आधारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।
 
 
 
 
 
 
 

No comments