थप लगानी भित्र्याउँदै
एसियाली विकास बैंक (एडीबी) र नगर विकास कोषको साझेदारीमा वीरगन्ज
उपमहानगरमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनालाई पूर्णता दिन
थप लगानी भित्र्याउने भएको छ ।त्यसका लागि एडीबीले दोस्रो चरणको योजना कार्यान्वयनमा
थप २ अर्ब रुपैयाँ लगानी गर्न लागेको हो । 
अहिले उपमहानगरमा सञ्चालित ३ अर्ब लगानीका ढल तथा नाला निकास र
फोहोर व्यवस्थापन परियोजनाले नगरका सबै क्षेत्रलाई समेट्न नसकेपछि बैंकले थप लगानी
गर्न लागेको हो । यस सम्बन्धमा भएको आन्तरिक गृहकार्य सफल भए यसै वर्षदेखि सडक
सुधारलाई लक्षित गरी थप काम सुरु हुनेछ ।
सडक सुधार र प्रस्तावित अन्य कामका लागि लागत अनुमान गरी प्रस्ताव बुझाएकोमा एडीबी पनि सकारात्मक रहेको बुझिएको छ , यसै वर्षदेखि काम सुरु हुने सम्भावना रहेको र नगरको सडक सुधार र स्तरोन्नतिका लागि दोस्रो चरणको परियोजना कार्यान्वयनमा ल्याउन लागिएको संबधित पक्षले बताएको छ ।

गण्डकदेखि सुरु भएर रजतजयन्ती चोकसम्मको बाइपास सडक स्तरोन्नतिलाई
प्राथमिकतामा राखिएको छ । बाइपास सडकलाई सहरी मापदण्डअनुसार फराकिलो पारेर
व्यवस्थित रूपमा विस्तार गर्ने योजना छ । यो सुधारका लागि १ अर्ब १२ करोड रुपैयाँ
लागत अनुमान गरिएको छ । यसलाई चार लेनको बनाइनेछ । सडकछेउ दुवैतर्फ फुटपाथ र बीचमा
डिभाइडर राखेर वृक्षरोपण गरिनेछ । परियोजनामा नसमेटिएका क्षेत्रअन्तर्गत नाला
निर्माणमा १२ करोड रुपैयाँ खर्च हुने प्रस्ताव गरिएको बुझिएको छ । 
 
No comments