सहुलियत कर्जा दोब्बरले बढ्यो
भूकम्प प्रभावितलाई दिने भनिएको सहुलियत कर्जा
दोब्बरभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकले भूकम्प प्रभावितलाई २
प्रतिशतमा उपलब्ध गराउने कर्जा प्रवाह बढेर ६१ करोड रुपैयाँ नाघेको नेपाल राष्ट्र
बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट
प्रत्यक्ष लिन सकिने गरी उपलब्ध गराएको कर्जा लिन सर्वसाधारण आकर्षित नभएको भन्दै
बैंक तथा वित्तीय संस्थाले खासै चासो देखाएका थिएनन्। सर्वसाधारणले पनि कर्जा
चुक्ता गर्ने अवधि तथा प्रक्रियागत जटिलताका कारण कर्जा लिएका थिएनन् ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा यस्तो कर्जा
२६ करोड ५७ लाख रुपैयाँ थियो । तर, यो दर
तेस्रो त्रैमासमा बढेर ६१ करोड २३ लाख २५ हजार रुपैयाँ पुनर्कर्जा प्रदान गरिएको केन्द्रीय
बैंकले बताएको छ ।
भूकम्प प्रभावितलाई २ प्रतिशत ब्याजदरमा कर्जा
उपलब्ध गराउने व्यवस्थाअन्तर्गत हालसम्म आवासीय घर पुनर्निर्माणका लागि प्रवाह
गरेको कर्जा पुनकर्जाका रूपमा दिने व्यवस्था गरिएको थियो । 
 
 
 
 
 
 
 

No comments