Add

Add

निर्जीवन बिमा व्यवसायमा सुधार

बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बिमा व्यवसायलाई तुलनात्मक रूपमा असर गर्ने अनुमान गरिएता  पनि बिमा व्यवसाय भने बढेको छ । १६ कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चैतसम्ममा कम्पनीहरूले १३ अर्ब १९ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा भने ३७ प्रतिशतले बढी हो । चालू आर्थिक वर्ष ०७३/७४ को तेस्रो त्रैमास अवधिमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय औसत ४७ प्रतिशतले बढेको छ ।
नेपालमा हाल १७  निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरूमध्ये एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो व्यवसायमा छलाङ मारेको छ । सो अवधिमा कम्पनीको बिमाशुल्क आर्जन करिब साढे दुई गुणाले बढेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले ४९ करोड ५६ लाख रुपैयाँ बराबरको बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले जम्मा २० करोड ८५ लाख रुपैयाँ मात्रै बिमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, उक्त अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्बभन्दा बढी बिमाशुल्क आर्जन गरेको छ । गत माघदेखि सरकारले पेशागत दायित्व बिमालाई अनिवार्य गरेको छ । त्यस्तै, चालू आवदेखि दोस्रो पक्ष बिमालाई पनि अनिवार्य गरेका कारण पनि बिमा व्यवसायमा वृद्धि भएको हो । 


No comments

Powered by Blogger.