Add

Add

एक्जिम कोड अब वीरगंजबाट

नेपालका आयात निर्यातकर्ताका लागि आगामी आर्थिक वर्षदेखि अनिवार्य लागू गर्ने निकासी पैठारी संकेत (एक्जिम कोड) को वीरगन्जका व्यवसायीले स्वागत गरेका छन् ।
भारत तथा तेस्रो मुलुकबाट आयात गर्दा र नेपालबाट मालवस्तु निर्यात गर्दा आवश्यक पर्ने एक्जिम कोडले व्यापारमा सहजता आउने र कागजी झन्झट पनि कम हुने भएकाले व्यवसायीहरूले स्वागत गरेका हुन् । तर, एक्जिम कोड लिँदा लाग्ने खर्च र बैंक ग्यारेन्टीको भने पुनर्विचार गर्न व्यवसायीहरूले सुझाव दिएका छन् ।

एक्जिम कोडको व्यवस्थाले वैध व्यापारको सुरुवात हुने र यसमा अन्तर्राष्टिय वस्तु आयातमा व्यापार र उद्योगका लागि छुट्टाछुट्टै गर्नुपर्ने सुझाव विज्ञहरुको छ । साथै नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न एक्जिम कोड महत्वपूर्ण भएको र एक्जिम कोडको व्यवस्थाले व्यवसायीलाई सहज हुने समेत जानकारहरुको दाबि रहेको छ ।

No comments

Powered by Blogger.