Add

Add

अपर्याप्त गृहकार्य

बैशाख ३१ गते तीनवटा प्रदेशहरुमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगको गृहकार्य अपर्याप्त भएको देखिन्छ।बढी संख्यामा खसेका मतपत्रहरु बदर हुनु र मत गणनामा भएको अत्याधिक ढिलाई यस पटकको स्थानीय चुनावको प्रमुख कमजोरीहरुको रुपमा देखा परेको हो । चुनावको मिति घोषणा गर्न सरकारबाट भएको ढिलाई,चुनावसंग सम्बन्धित कानुनहरुको निर्माणमा भएको ढिलाई र मधेश केन्द्रित दलहरुको चुनावमा सहभागिताबारे विभिन्न अन्यौलको बीच चुनाव सम्पन्न गर्न निर्वाचन आयोगको लागि चुनौती नै थियो ।आवश्यकता भन्दा बढी ठूलो मतपत्रको प्रयोग नै मत बदर र मतगणनामा ढिलाई हुनुको प्रमुख कारण हुन गएको देखिएको छ । मधेश केन्द्रित सबै दलले चुनावमा भाग लिएको भए मतपत्र झन् कति ठूलो हुन्थ्यो होला ।
सुरक्षाको दृष्टिकोणले मतपत्र केन्द्रमा नै छपाई गर्नु एकखाले बाध्यता होला तर सुरक्षाको आवश्यक व्यवस्था गरी भाग लिएको व्यक्ति र दलको चुनाव चिन्ह राखी मतपत्रको छपाई स्थानीय तहमा गरेको भए अहिलेको समस्या आउने थिएन ।
यसपटक मतदान शिक्षा ज्यादै नै न्यून रहेको मतदाताहरुले महसुस गरे भने मतपत्रको अन्तिम कोलममा दलहरुको दुईवटा चुनाव चिन्ह राख्नुको अर्थ मतदाताहरुले बुझ्न सकेनन् । अन्तिम दुई कोलमको माथि कोष्ठमा लेखिएको स्पष्टिकरण आफैंमा स्पष्ट थिएन । यसबाहेक दलहरुले पनि मनोनयनको एकदिन अघिसम्म उम्मेदवारको टुङ्गो लगाउन नसक्नु र अन्तिम समयमा आएर दलहरु बीच भएको गठबन्धन पनि मत बदरको कारण बनेको छ ।

पहिलो चरणमा देखिएका यस्ता कमि कमजोरीहरुलाई पाठको रुपमा लिई दोस्रो चरणको निर्वाचनमा सुधारको अपेक्षा गर्न सकिन्छ ।

No comments

Powered by Blogger.