Add

Add

अधिकार अब गाउँमै

आगामी आर्थिक वर्षको बजेट संसदमा पेस हुने दिन नजिकी रहँदा सरकारले सिंहदरबारको शक्तिलाई तल्लो तहमा लैजाने गरी बजेट तयारी गरेको छ । अर्थमन्त्रालयले आगामी बजेटले सिंहदरबारमा केन्द्रित शक्तिलाई तल्लो तहसम्म पु¥याउने र अधिकतम् रकम स्थानीय तहमा जाने गरी बजेट तयार भइरहेको बताएको छ ।
अर्थमन्त्रालयले अब केन्द्रभन्दा प्रदेश शक्तिशाली र प्रदेशभन्दा स्थानीय तह शक्तिशाली हुने भन्दै सिंहदरबारको अधिकारलाई तल झार्न लागिएको बताएको छ ।बजेट प्रस्तुत भएपछि सांसदहरूले आफ्ना गाउँपालिका र नगरपालिकामा कति बजेट गयो भनेर रातो पुस्तकमा भेट्याउने  पनि मन्त्रालयले जानकारी दिएको छ ।साथै अर्थले जनसंख्या धेरै भएको, भूगोल ठूलो भएको र अति विकट स्थानीय तहलाई बढी बजेट पठाउने तयारी गरेको छ । आगामी बजेटले अर्थतन्त्रलाई ड्राइभ गर्ने र संघीयता कार्यान्वयन गर्ने अर्थको भनाइ छ । सांसदहरूले जनतालाई नयाँपन अनुभूत हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।



No comments

Powered by Blogger.