Add

Add

सोचेजति काम नभएको गुनासो

भुकम्प गएको दुईबर्ष बितीसक्दा पनि पिडितहरुले उपयुक्त रुपमा राहत नपाएको र सोचेजति काम हुन नसकेको गत हप्ता हेटौडामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका थिए । जिल्ला दैवीप्रकोप उद्धार समिति मकवानपुरको आयोजनामा भएको उक्त कार्यक्रमा सहभागीहरुले सरकारी स्तरबाट भुकम्प पिडीतहरुका पक्षमा सोचे जति काम गर्न नसकिएको बताएका हुन् ।
भुकम्प गएको यतिका समय बित्दा पनि यसमा खटिने प्राविधिक लगाएतका कर्मचारीहरुको उदासिनताले खासै काम अगाढी बढ्न नसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारीले बताउनु भएको थियो साथै पुनर्निर्माणको कामलाई  द्रुत रुपमा गति दिनका लागि उहाँले आग्रह गर्नु हुँदै अब घर निर्माण गर्दा बिपदबाट बच्ने र चट्याङ पनि प्रतिरोधि घरहरु निर्माण गरिनुपर्ने प्रजिअले  बताउनु भएको थियो ।
पुनर्निर्माण प्राधिकरण अन्तरगत बिद्यालयको पुन निर्माणमा खटिनुभएका अधिकृतले मकवानपुर जिल्लामा ६७ वटा विद्यालयको पुनर्निर्माण गर्न लागिएको बताउनु भएको थियो साथै अहिले ति विद्यालयहरुको जग खन्ने काम भईरहेको बताउनु भएको थियो। कार्यक्रममा गैरसरकारी संस्था महाँसंघ मकवानपुरका अध्यक्षले गैरसरकारी संस्थाहरुले यस जिल्लामा ३ सय ५० वटा भुकम्प पिडीतहरुका घर निर्माण गरिसकेको बताउनु भएको थियो । 


No comments

Powered by Blogger.