रसायन हालेर पकाएको
भारतीय आँप वीरगन्जको स्थानीय बजारमा हुँदै हेटौंडाका बजारहरु र भित्रि टोलहरुमा पनि छ्यापछ्याप्ती बिक्री
भईरहेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । 
प्राकृतिकरुपमा आँप
पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय भएतापनि स्थानीय बजारमा
भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ ।
खुलेआम बिक्रीका
लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहुँदा उपभोक्ता विषाक्त आँप खान बाध्य भएका
त छन् नै यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने अर्कोतिर उपभोक्ता मन्द
विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भएको देखिन्छ । 
व्यापारीले बढी
मुनाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै
पकाएर बिक्रीका लागि राख्ने गर्दछन् । खासगरी छिमेकी मुलुक
भारतको दिल्ली, चेन्नइबाट सीमावर्ती भारतको रक्सौलका व्यापारीले
यस्ता आँप ल्याउने गरेको र ती आँप फुटकर भारतीय व्यापारीहरुले यहाँका बजारमा बजारमा
बिक्री गर्दै आइरहेका छन् । वीरगन्ज भन्सार
नाकाबाट दैनिक रु पाँच लाख बराबरको १० क्विन्टल भारतीय आँप व्यापारीले भित्र्याउने
गरेको वीरगन्ज भन्सारले जनाएको छ । 
कारवाइड (कार्बन) नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानव
स्वास्थमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव
पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने भएकाले
यस्ता आँप खान सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् । 
प्राकृतिकरुपमा
पाक्नुभन्दा पहिले बढी आर्थिक लाभ लिन व्यापारीले रसायन हालेर कृत्रिमरुपमा आँप
पकाउने गरेको र खुलेआम बिक्री गरेकाले यस्ता आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर
पर्ने हुँदा यस्ता आँप बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने स्थानीयवासीहरुको
माग रहेको छ । 
Subscribe to:
Post Comments
                      (
                      Atom
                      )
                    
 
 

 
 
 
 
 

No comments