निर्यात बढाउन अमेरिकाको सुझाव
अमेरिकाले भन्सार छुट दिएका स्वदेशी वस्तुको
निर्यात बढाउन सरकार र व्यवसायीलाई सुझाव दिएको छ । अमेरिकाले गत वर्ष विभिन्न ६६
वस्तु निर्यातका लागि भन्सार छुट दिएको थियो । दुई मुलुकको साझेदारी सम्बन्धलाई
कायम राख्न भन्सार सुविधा दिइएको साथै नेपालको निर्यात वृद्धिका लागि यो सुविधा प्रदान
गरिएको र आगामी दिनमा थप सहयोग गर्दै जाने सम्बन्धित पक्षले जनाएको छ । अमेरिका
ठूलो बजार भएकाले पनि भन्सार छुट दिएका उत्पादन निर्यात गर्न सके यसबाट नेपालले
धेरै लाभ लिन सक्ने विज्ञहरु बताउँछन् । 
मुलुकको व्यापार घाटा चुलिँदै गइरहेका बेला भन्सार
छुट दिएका वस्तु प्रर्याप्त मात्रामा निर्यात गर्न सके यसले  व्यापार घाटा कम
गर्दै जाने र गुणस्तरीय वस्तु उत्पादनसँगै निर्यात प्रवर्द्धन गर्न व्यवसायीलाई
प्रोत्साहन गर्ने सरकारी पक्षले बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्षले पनि भन्सार
छुटको उपयोग गरी गुणस्तरीय उत्पादन गरेर निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने गर्नुपर्ने
साथै निर्यात बढाउन अमेरिकी बजारमा प्रतिस्पर्धी सामान उत्पादनमा विशेष ध्यान दिन
अति आवश्यक भएको बताउनु भएको छ ।
अमेरिकाले सन् २०१५ डिसेम्बरदेखि थप ६६ वस्तुमा
भन्साररहित पहुँच दिएको छ । मुलुकबाट कार्पेट, झोला, सल, स्काभ, हस्तकलाका सामान, लेदर लगायतका अन्य सामान निर्यातका लागि अमेरिकाले आगामी सन् २०२५
 सम्म भन्सार छुटको व्यवस्था गरेको हो । नेपालबाट हुने कुल निर्यातमध्ये १२ दशमलव ३
प्रतिशत अमेरिका जाने गरेको छ । सन् २०१६ मा नेपालबाट झन्डै ९ अर्ब रुपैयाँको
सामान निर्यात भएको थियो ।
 
 

 
 
 
 
 

No comments