Add

Add

स्थानियलाई समस्या

शिवंम् सिमेन्ट उद्योग मौलाउँदै जादा स्थानीय वासिन्दाहरुमा विभिन्न समस्याहरु उत्पन्न भैरहेका छन् । आफ्नो क्वालिटीमा नो कम्प्रमाइज भन्दै आएको शिवंम् सिमेन्टको विभिन्न कमजोरीहरु फेला परिरहँदा कारवाही भएको कुरा भने कहिल्यै सुन्नमा नआएको गुनासो स्थानियाहरुको छ । ठुला मिडियामा ठुला ठुला बिज्ञापन गर्ने शिवंमका  कारण उद्योग वरिपरिका स्थानीयलाई भने निकै ठुलो समस्या भैरहेको स्थानीय वासिन्दाको भनाइ रहेको छ । यसको समाधानका लागि स्थानीयले निकै पहल गरेर, ज्ञापन पत्र बुझाउंदै  सडक अवरुद्ध पारे पनि कुनै सुनुवाई नभएको गुनासो स्थानीयहरूको छ ।
शिवंम् सिमेन्ट उद्योगका कारण हटियाका स्थानिय वासिन्दाहरुले लामो समयदेखि समस्या बेहोर्नुपरेको भन्दै गतसाता मकवानपुरका प्रमुख जिल्ला अधिकारी र उद्योग प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए।
उद्योगका कारण गढी गाउँपालिकाको सुकौरा, बुढीचौर, आमभन्ज्याङ, गढी र बकैयाँको छतिवनका वासिन्दाहरुले धेरै खालका समस्या भोग्दै आएकाले यसको समाधान गर्नका लागि दबाब दिनका लागि प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन् ।
त्यसैगरी सुकौराको खानी उत्खनन गर्दा पिडीतहरुको पुनरबास गर्नुपर्ने, चुनढुङगा उत्खनन् गर्दा ओभरबटम ब्याबस्थापन गर्नुपर्ने, स्थानिय क्षेत्रमा प्रदुषण नियन्त्रण गर्नुपर्ने, उद्योगले त्यस क्षेत्रमा सामाजिक दायित्व पुरा गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र पनि बुझाइएको थियो । स्थानियका समस्याका बिषयमा शिवम सिमेन्ट व्यवस्थापन पक्ष र पिडीत पक्षलाई बोलाएर अर्को हप्तामा छलफल गराउने र निणय गरिने प्रजिअले आस्वासन दिनुभएको स्थानीयहरू बताउँछन्।


No comments

Powered by Blogger.