Add

Add

तनावमा बैंकका सिइओहरु

 बैंकमा लगानीयोग्य रकमको अझै समस्या छ । ऋण माग्न जाने ग्राहकलाई बैंकहरुले पैसा नभएको बताई रहेका छन् ।बैंकहरुले बचत खातामा १२ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन नसकिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु बताउँछन् । तर, ऋण माग गर्न आउनेको संख्या भने दिन बढेको बढ्यै छ ।
नेपाल राष्ट्र बैंकले गत माघ महिनासम्मको सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पनि कर्जाको माग २८ प्रतिशतले बढेको र निक्षेप १९ प्रतिशतले मात्र बढेको देखाएको छ । यसले पनि कर्जाको तुलनामा निक्षेप संकलनमा कमी आएको प्रष्ट हुन्छ ।
सरकारले विकास खर्च नगरेका कारण लगानीयोग्य पुँजीको अभाव भएको हो । सरकारले आर्थिक वर्ष सुरु भएको ९ महिना बित्ती सक्दा पनि विकास खर्च २३ प्रतिशत भन्दा बढी गर्न सकेको छैन् । सरकारी पैसा जति राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएर बसेका कारण तरलता (लगानीयोग्य पुँजी) को अभाव हुन पुगेको हो ।
सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याजदर कम भएका कारण उनीहरुले त्यो रकम मुद्दती बचत खातामा सारेको बैंकर बताउँछन् । बढी ब्याज आउने भएका कारण ग्राहकले बचत खातामा भएको पैसा बचत खाताबाट मुद्दती खातामा सारेका छन् । मुद्दती बचतमा १२ प्रतिशत ब्याज पाउने भएपछि किन २३ प्रतिशत ब्याज पाउने बचत खातामा सर्वसाधारणले राख्ने ? भन्दै उनीहरुले एउटा खाताको पैसा अर्कोमा सार्न थालेका हुन् । बिरालोले पाठो (आफ्ना बच्चा) सारे झै निक्षेपकर्ताले पनि पैसा एक खाताबाट अर्कोमा सार्न थालेका छन् ।
चैत ११ गतेसम्म बैंकहरुमा १९ खर्ब ४७ अर्ब रुपैयाँ पैसा रहेको तथ्यांकले देखाऊछ । त्यो पैसा मध्ये २० प्रतिशत रकम बैंकहरुले खर्च गर्न पाउँदैनन् । बाँकी पैसा भने लगानी गर्न पाउँछन् । चैत ११ गतेसम्म बैंकले १६ खर्ब ३४ अर्ब ऋण प्रवाह गरेका छन् ।
महंगो ब्याजदरमा निक्षेप संकलन गरेपछि बैंकहरुले पछिल्लो समय कर्जाको ब्याज पनि बढाएका छन् । निक्षेपको ब्याज बढेकाले कर्जाको ब्याजदर बढेको एक बैंकरले बताएका छन् ।
उद्योगी व्यापारी पनि बैंकले बारम्बार ब्याज बढाउन थालेपछि आजित भएका छन् । बैंकहरुले पहिले नै सम्झौता भइसकेका उद्योगलाई समेत कर्जाको ब्याजदर बढाएको उद्योगी, व्यवसायी बताउँछन् । जसका कारण ठूलो पुँजीमा निर्माण भइरहेका औद्योगिक परियोजना अघि बढ्न नसक्ने अवस्था आएको भन्दै उद्योग व्यवसायीले यसबाट लगानी घट्ने, रोजगारीका अवसर संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने चेतावनीसमेत दिएका छन् ।



No comments

Powered by Blogger.