Add

Add

करिब ७५ हजार कित्ता सेयर डिम्याट हुन बाँकी

नेपाल धितोपत्र बोर्डले अभौतिक (डिम्याट) सेयर कारोबार सुरु गरेको एक वर्ष बित्तिसक्दा पनि करिब ७५ हजार सेयर अझै डिम्याट भएको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २ अर्ब ५८ करोड ५८ लाख ६९ हजार सेयरमध्ये १ अर्ब ८३ करोड ९६ लाख १४ हजार सेयर डिम्याट भएको छ । यो संख्या सूचीकृति सेयरको करिब ७१ प्रतिशत हो ।
०६४ सालदेखि सेमी अटोमेसनमा कारोबार हुँदै आएको धितोपत्र बजारलाई फूल अटोमेसनमा लैजान ०७२ साल माघ १ गतेदेखि अभौतिक सेयर कारोबार सुरु भएको हो । सेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाइ सुरक्षित र सहज बनाउन बोर्डले अभौतिक कारोबारको सुरुवात गरेको हो ।
अभौतिक कारोबार सुरु भएसँगै सेयरधनीसँग भएको सेयर प्रमाणपत्र प्रयोगविहीन भएका छन् । बजारमा प्रमाणपत्रमार्फत कारोबार हुँदैन । तर, सेयर कारोबार गर्न नचाहने लगानीकर्ताले सेयर अभौतिक नगराएको हुनसक्ने नेप्सेले जनाएको छ।
वास्तविक लगानीकर्ताको पहिचान गर्नका लागि र सेयर कारोबारलाई पारदर्शी बनाउन बोर्डले डिम्याट खाता अनिवार्य गरेको हो । त्यस्तै, गत माघ १ गतेदेखि उपत्यका बाहिरका लगानीकर्ताका लागि पनि डिम्याट खाता अनिवार्य गरिएको थियो। सीडीएससीका अनुसार हालसम्म ७ लाख ८८ हजार ३ सय ३८ डिम्याट खाता खोलिएको छ ।



No comments

Powered by Blogger.