काम नगर्ने तर सधै
पैसा मात्रै माग्दै आएका अधिकांश विकासे मन्त्रालयलाई अर्थ मन्त्रालयले लगाम
लगाएको छ । खर्च नभएको पैसा फिर्ता दिन चेतावनी दिएको छ । तर मन्त्रालयले खर्च
नभएको आयोजनाको विवरण मन्त्रालयलाई दिन अटेर गरिरहेका छन्।
फागुन मसान्तसम्म
खर्च नभएको आयोजनाको विवरण उपलब्ध गराउन अर्थले पटक पटक ताकेता गरेको भएपनि विकासे
मन्त्रालयले अटेर गरेका छन् ।  अर्थले गत फागुन ३० गते नै अर्थले खर्च नहुने
आयोजनाको विवरण एक साताभित्र उपलब्ध गराउन विभिन्न विकासे मन्त्रालयलाई पत्राचार गरेको
थियो । तोकिएको  समय सकिदा समेत अधिकाशं मन्त्रालयले विवरण पठाएका
छैनन् । तोकिएको समय सकिन नै लाग्दा समेत उनीहरुले अर्थलाई अटेर गरेको बताइन्छ ।
सरकारले फागुन अन्तिमसम्म
बजेट खर्च सुरु नगरेका आयोजनाको बजेट खोस्ने योजना सार्वजनिक गरिसकेको छ । चालु
आर्थिक वर्ष सुरु भएको ८ महिनासम्ममा पनि बजेट खर्चको प्रक्रिया अघि नबढाउन
विभिन्न मन्त्रालयअन्तर्गतका आयोजनाहरुको बजेट तान्ने प्रक्रिया सुरु गरेको हो ।
फागुनसम्म बजेट कार्यान्वयन
नगर्ने आयोजनाको रकम खोसेर उच्च प्रतिफल दिने ठूला आयोजनामा लगानी बढाउने जनाएको छ
। खोसिएको बजेट खानेपानी, सिँचाइ र सडक
आयोजनामा खर्च गरिने योजना सार्वजनिक गरिसकेको छ ।खर्च नगर्ने आयोजनाबाट बजेट
खोसेर खर्च हुन सक्ने र काम भएर बजेट नपुग भएका र राष्ट्रिय गौरवका आयोजनामा लगानी
गर्ने अर्थको भनाइ छ ।
Subscribe to:
Post Comments
                      (
                      Atom
                      )
                    
 
 
 
 
 
 
 

No comments