Add

Add

राष्ट्र बैंकले माग्यो जवाफ

नेपाल राष्ट्र बैंकले ५ सय र १ हजार दरका प्रतिबन्धित भारु सटहीका विषयमा भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ)सँग लिखित जवाफ माग गरेको छ । आरबीआइका प्रतिनिधिले प्रतिव्यक्ति ४ हजार ५ सय भन्दा बढी भारु सटही गर्न नसक्ने बताएपछि राष्ट्र बैंकले सटहीका विषयमा लिखित जवाफ माग गरेको हो । राष्ट्र बैंकले भारु सटहीका सम्बन्धमा आरबीआइलाई दुई पटक पत्राचार गरिसकेको छ र आरबीआइले दिने लिखित जवाफका आधारमा प्रतिबन्धित भारु सटहीका सम्बन्धमा बैंकले आवश्यक कदम चाल्ने बताएको छ। 
राष्ट्र बैंकका प्रतिनिधिले प्रतिव्यक्ति २५ हजार रुपैयाँ राख्न पाउने सुविधा अनुसार प्रतिबन्धित नोट सटही गर्नुपर्ने माग राखेकामा आरबीआइका प्रतिनिधिले ४ हजार ५ सय मात्र साट्न सकिने बताएका थिए । राष्ट्र बैंक र आरबीआइबीच २०१५ सालमा नै एक नेपालीले २५ हजार भारु राख्न पाउने समझदारी भएको थियो ।


No comments

Powered by Blogger.