बैङ्कहरुले आफूखुसी ब्याजदर बढाउन नपाउने
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणको ब्याजदर
आफुखुशी बढाउन नपाउने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले वर्षमा दुई पटकभन्दा बढी
ब्याजदर बढाउन नपाउने व्यवस्था गर्न लागेको हो । 
खासगरी तरलताको अभावका बेला बैंकहरुले पटक पटक ब्याजदर बढाएर ऋणीलाई
हैरानी गरेपछि राष्ट्र बैङ्कले ब्याजदरको वृद्धिमा कडाइ गर्न लागेको हो । 
उद्योगी व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदरका कारण उद्योग धन्दा नै
बन्द गर्नुपर्ने अवस्था आएको भन्दै ऋणको ब्याजदरमा सीमा तोक्न राष्ट्र बैङ्कसँग
आग्रह गर्दै आएका थिए । 
राष्ट्र बैङ्कले उद्योगी व्यवसायीहरुको आग्रह र आफ्नै नियमनका आधारमा
वर्षमा दुई पटकभन्दा बढी ब्याजदर बढाउन नपाउने व्यवस्था गर्न लागेको राष्ट्र
बैंकले बताएको छ। 
राष्ट्र बैङ्कले वाणिज्य बैंकहरुका लागि ५ प्रतिशतको स्प्रेडदर तोकेको छ
। तर अधिकांश बैङ्कले स्प्रेडदरको सीमा नाघेको राष्ट्र बैङ्कको नियमनले देखाएको छ
। 
मस्यौदामा ब्याजदर बढाउनुपर्दा ऋणको अवधिका आधारमा ऋणीलाई एक महिनादेखि
४५ दिन अगाडि जानकारी गराउनुपर्ने प्रस्ताव गरिएको छ । 
 
 
 
 
 
 
 

No comments