Add

Add

निजगढ विमानस्थल अगाडि बढ्ने

 लामो समयदेखि चर्चा र परिचर्चाको शिखरमा रहेको तर काम हुन नसकेको निजगढ दोस्रो विमानस्थलको काम अगाडि बढ्ने भएको छ । विमानस्थलका लागि पहिलो पटक सार्वजनिक सूचना मार्फत स्थानीयबासीलाई मुआब्जाका लागि निवेदन दिन आग्रह गरिएको छ । 

सूचना अनुसार सडकले नछोएको जग्गा प्रति कठ्ठा रु २ लाख ४१ हजार ५ सय निर्धारण गरिएको छ । सहायक सडकले छोएको जग्गा रु ३ लाख ३९ हजार २५० प्रति कठ्ठा निर्धारण गरिएको छ ।त्यस्तै मुल सडकले छोएको जग्गा रु ४ लाख ६० हजार प्रति कठ्ठा निर्धारण गरिएको छ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरिएको हो  

जग्गाको मुआब्जा प्रति कठ्ठा न्युनतम रु दुई लाख ४१ हजार ५ सय देखि अधिकतम चार लाख ६० हजार सम्म निर्धारण गरेको हो । अधिग्रहण गरिने जग्गाको मुअब्जा निकाल्न चैत १४ बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गाको मुल्यांकन गरेको हो ।

मुआब्जा  निर्धारण समितिले सार्वजनिक गरेको सुचना प्रकाशित गरेर अधिग्रहग गरिने जग्गाको मुल्य निधारण गरेको छ।समितिले साविकको कोल्हवी नगरपालिक ७ (ककडी), हाल कोल्हवी नगरपालिका ५ र साविकको करैया गाविस ८ (काँजगाउँ), हाल कोल्हवी नगरपालिका ८ का जग्गाहरु अधिकरणका लागि मुआब्जा जारी गरेको हो।

मुआब्जा रकम दावी गर्नका जग्गा धनीले सुचना प्रकाशित भएको मिती चैत १५ को ३५ दिन मित्रमा सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायत जग्गाको हकभोग सम्बन्धि सबुद आफुसंग भएको प्रमाणसहित रु १० को टिकट टाँसी पेश गर्नुपर्ने छ । मुआब्जा दावीका लागि दोस्रो अन्तराष्ट्रिय बिमानस्थल आयोजनाको कार्यालय सिमरा बिमानस्थल परिसर बारामा सम्पर्क गर्नुपर्ने छ ।



No comments

Powered by Blogger.