Add

Add

बजेट निर्माणमा अन्योल

संघीय संरचनाअनुसार बजेट तयारीमा अन्योल भएपछि अर्थ मन्त्रालयले अन्य मन्त्रालयसँग सुझाव मागेको छ ।आगामी वर्षका लागि बजेट ल्याउने मिति नजिकिँदै जाँदा बजेट तर्जुमाको विषयमा अन्योल देखिएपछि अर्थ मन्त्रालयले सबै मन्त्रालयसंग सुझाव र सल्लाह मागेको हो । संघीय प्रणालीमा कार्यक्रम तथा बजेट तर्जुमासम्बन्धी छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवहरूले कस्तो बजेट ल्याउने भन्ने विषयमा आफूहरू पनि अन्योल भएको बताएका थिए । अर्थ मन्त्रीले स्थानीय तहमै पर्याप्त स्रोतसाधन भएको भन्दै संघीय संरचनामा बजेट तर्जुमा गरिने जानकारी दिनु भएको थियो।

संघीय संरचना कार्यान्वयनमा आएपछि केन्द्रमा मन्त्रालयको संख्या घट्ने, सचिव र अन्य तहका कर्मचारी प्रदेश र स्थानीय निकायमा खटाउनुपर्ने देखिन्छ । पटकपटक ताकेता गर्दा समेत पुँजीगत खर्च बढ्न नसेकेको प्रति इंगित गर्दै,स्थानीय तहमा क्षमता छैन भन्ने कुरा गलत हो, केन्द्रको पनि क्षमता देखिएको छ भन्दै अर्थमन्त्रीले खर्च बढाउन जतिसुकै प्रयास गरे पनि अहिलेसम्म जम्मा ३५ प्रतिशतमात्रै खर्च भएको बताउनु भएको थियो । 

No comments

Powered by Blogger.