सबै बिमा कार्यक्रम कानुनी दायरामा ल्याउन माग
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सञ्चालन गर्दै आएको समुदायमा
आधारित बिमा कार्यक्रमलाई कानुनी दायरामा ल्याउन सरोकारवालाहरूले माग गरेका छन्
।यस्तो बिमा कार्यक्रम प्रभावकारी भए पनि दीर्घकालीन र विश्वसनीय बनाउन कानुनी
दायरामा ल्याउन आवश्यक रहेको सरोकारवालाहरुको भनाइ रहेको छ। 
बिमा ऐनअनुसार बिमा व्यवसाय सञ्चालन गर्न बिमा समितिको अनुमति लिनुपर्ने
प्रावधान छ । तर, विभिन्न संघ–संस्थाहरूले ग्रामीण भेगमा समुदायमा नै आधारित लघु स्वास्थ्य बिमा
कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
यस्ता कार्यक्रम प्रभावकारी तथा सफल रहे पनि बिमाको दायरा भित्र भने
पर्दैनन् । तसर्थ सरकारले आवश्यक कानुन निर्माण गरी यस्ता कार्यक्रमलाई कानुन
दायरा ल्याउनु पर्ने विज्ञहरुको भनाइ छ। 
 
 

 
 
 
 
 

No comments