Add

Add

पशु-पंक्षिको बिमा गर्ने किसान न्युन

मकवानपुरमा अझै पनि पशु पंक्षिको बिमा गर्ने किशानहरुको संख्या न्युन रहेको छ । यो बिमा गरेमा अकालमा कुनै समस्याले पशुको मृत्यु भएमा किशानलाई आर्थिक भार नपर्ने भएपनि यसको चेतना किसानहरुमा अझैपनि कमि रहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ।
मकवानपुरमा चालु आर्थिक बर्षको दोस्रो चौमासिक अवधिसम्म एनएलजी ईन्स्योरेन्स, युनाईटेड ईन्सुरेन्स, र प्रेडेन्सियल ईन्सुरेन्समा गरी  कुल १४ सय ८५ बटा गाई, ७ सय १२ वटा भैसि, ५ सय ६७ वटा बाख्रा र ६ हजार नौ सय वटा कुखुराको गरी कुल १४ करोड ६१ लाख ८६ हजार पाँच सय  रुपैया बराबरको पशु पन्छिको बिमा भएको जिल्ला पशु सेवा केन्द्रले जानकारी दिएको छ ।
जिल्लामा पशु पालन ब्यवसायमा लाग्ने कृषकको संख्या धेरै भए पनि तुलनात्मक रुपमा पशु पन्छिको बिमा गर्नेहरुको संख्या भने ज्यादै न्युन रहेको जिल्ला पशु सेवा केन्द्र मकवानपुरले   बताएको छ। अझै पनि मकवानपुरमा जनचेतनाको अभावका कारण पशु बिमागर्नेहरुको संख्या कम रहेको पनि जानकारी दिएको छ।

मकवानपुरमा व्यवसायिक रुपमा पशुपंक्षी पालन गर्ने किशानहरुले यस्तो बिमा गरेका छन् भने निर्बाहमुखी रुपमा पशुको पालन गर्ने किशानहरुले भने पशु बिमामा ध्यान नदिएको विज्ञहरु बताउँछन् ।  

No comments

Powered by Blogger.