Add

Add

महिला नेतृत्व अगाडी

नेपालको जनसंख्याको आधा आकाश ढाकेका महिलाहरु पुरुष सरह हरेक क्षेत्रमा अगाडी आउन चाहन्छन् ।महिला अधिकारकर्मीहरुले आरक्षणको माग गरिरहेका हुन्छन् भने अधिकांश महिलाहरु व्यक्तिगत रुपमा पनि पुरुष सरह महिलालाई पनि अवसर दिनु पर्दछ भन्ने माग गरिरहेका हुन्छन् । यसै सन्दर्भमा संविधान र कानुनले पनि महिलाहरुलाई कतिपय स्थान र पदमा महिलाहरुको आरक्षण सुरक्षित गरिदिएको छ कतिपय समितिहरुको गठनमा महिलाहरुलाई पनि अवसर दिनु पर्दछ भनि स्वस्फूर्त रुपमा महिलाहरुको सहभागिता बढ्न थालेको छ । अर्को तर्फ नेपाली महिलाहरु आफ्नो मेहनत,क्षमता र लक्ष्य प्रति प्रतिबद्ध हुँदै नेतृत्वदायी पदहरुमा आफ्नै बलबुतोले पुगेका छन् ।
बैंकिंग क्षेत्र, स्वास्थ्य क्षेत्र र लोक सेवा आयोगको कडा प्रतिस्पर्धाबाट महिलाहरुले आफ्नो क्षमताको आधारमा आफूलाई नेतृत्वदायी पदमा स्थापित गर्न सफल भएका छन् । राजनीति क्षेत्रमा विधादेवी भण्डारी र ओनसारी घर्ति आफ्नै क्षमताको आधारमा अति सम्मानजनक पदमा पुग्न सफल भएका हुन् । न्यायपालिकाको सर्वोच्च पदमा सुशिला कार्की आफ्नै क्षमताका आधारमा पुगेकी हुन् । हालै निजि क्षेत्रको नेतृत्व गर्न उधमी भवानी राणा सर्वसम्मत चयन भएकी छिन् । लामो समयदेखि सामाजिक क्षेत्रमा समर्पित अनुराधा कोइराला हालै छिमेकी मुलुक भारतको सर्वोच्च सम्मान "पद्मश्री" बाट सम्मानित भएकी छिन् । यी सबै सफलताहरु नेपाली महिलाहरुले आफ्नै बलाबुत्ताबाट हासिल गरेका हुन् ।
अमेरिका जस्तो विकसित मुलुकमा हालै सम्पन्न राष्ट्रपतिय चुनावमा महिला उम्मेदवार हिलारी क्लिन्टन एक महिला भएकी कारण अमेरीकी विधमान चुनौतिहरुको सामना गर्न सक्तिनन् कि भन्ने आशंकाले पनि उनलाई पराजित गरेको अनुमान गरिएको देखिन्छ तर नेपालमा सक्षम महिला नेतृत्वलाई सहर्ष स्वीकार गरिएको पाइन्छ ।

नयाँ संविधानमा भएको व्यवस्था अनुरुप स्थानीय निर्वाचनमा प्रमुख तथा उपप्रमुख मध्ये एक उम्मेदवार महिला हुनुपर्ने र वडा स्तरमा एकजना दलित महिला हुनुपर्ने व्यवस्था गरी महिला नेतृत्वलाई राजनीतिक रुपमा स्वीकार गरेकोले पनि आगामी दिनहरुमा महिला नेतृत्व अगाडी आउने निश्चित छ ।

No comments

Powered by Blogger.