खाद्यपदार्थमा प्रतिकुलता देखिएको भन्दै मुद्धा दायर
खाद्यपदार्थमा प्रतिकुलता
देखिएको भन्दै क्षेत्रिय खाद्य प्रबिधी तथा
गुण नियन्त्रण कार्यालय हेटौंडा अन्तरगतका जिल्लामा २६ वटा मुद्धा दायर भएका छन् ।
नमुना संकलन गरेर परिक्षण गर्ने क्रममा बिभीन्न खाद्यय पदार्थमा प्रतिकुलता
देखिएपछी २६ वटा मुद्धाहरु जिल्ला प्रशाशन कार्यालयहरुमा दर्ता गरिएको हो ।
क्षेत्रिय खाद्य प्रबिधी अन्तर्गत
चालु आर्थिक बर्षको दोस्रो चौमासिकमा गरिएको प्रगतिबारेमा जानकारी गराउने उदेश्यल गरिएको
अन्तरकृया कार्यक्रममा यस प्रकारको मुद्धा बारे जानकारी गराइएको हो । बिशेषगरी
बारा, पर्सा र चितवन जिल्लामा रहेका
न्युन गुणस्तरका खाद्य उद्योगहरुलाई क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण
कार्यालय हेटौँडाले २६ वटा मुद्दा दायर गरेको छ ।
कुल एक हजार ८ वटा नमुना संकलन
गरेर परिक्षण गरिएकोमा २६ वटामा प्रतिकुलता देखिएको क्षेत्रीय खाद्य प्रबिधीका
प्रमुखले जानकारी दिनु भएको थियो । बारामा १७ वटा, चितवनमा ५ वटा र पर्सामा ४ वटा मुद्धा गरी जम्मा २६ वटा मुद्दा
दायर गरिएको बताउनुभयो । न्युन गुणस्तर भएका सुर्यमुखी तेल, वनस्पति घ्यु , सोयाविन तेल जस्ता खाद्य उद्योगहरु माथि आर्थिक वर्ष २०७३/०७४ को
दोस्रो चौमासिकमा २६ वटा मुद्दा दायर गरिएको पनि कार्यालयले बताएको छ।

No comments