Add

Add

दोश्रो किस्ताको रकम आजबाट

मकवानपुरका भुकम्प पिडितहरुले घर पुर्ननिर्माणका लागी  पाउने दोश्रो किस्ता वापतको रकम लिन पाउने भएका छन् । नया पुर्न संरचना अनुसार सिफारीस गर्ने कार्यालयको नाम परिवर्तन हुँदा चेक नबनेकाले भुकम्प पिडितले रकम पाउन केहि दिन पर्खनु परेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । 
केहि दिन अगाडी बुढीचौरबाट ४८ र नामटारबाट ५ घर सहित २८४ वटा  सिफारीस आए पनि चेक बन्न समय लागे पनि हजो आइतबार चेक तयार भएकाले अब आजबाट खातामा रकम निकासा हुने  जिल्ला समन्वय समिति मकवानपुर जनाएको छ साथै अब ती भूकम्प पिडितहरु आफ्नो दोस्रो किस्ताको रकम पाउने भएका छन् । 
मकवानपुरबाट पहिलो किस्ताको लागी ३० हजार २ सय ३८ वटा घरधुरीका लागी नाम सिफारीस भए पनि जम्मा १९ हजार ३ सय ९० जनाले मात्र रकम बुझेका छन । सुकुम्बासिको हकमा अहिले सम्म ठोस निकर्षमा नपुगेकाले धेरै  भुकम्प पिडित सुकुम्बासीहरुलाइ पहिलो किस्ता बापतको रकम उपलब्ध नगराइएको पनि मकवानपुर समन्वयन समितिको भनाई रहेको छ । 


No comments

Powered by Blogger.