Add

Add

मानव तस्करी नियन्त्रण गर !

नेपाल सरकारले जनताबाट उठाएको करलाई देशको उत्पादनशील क्षेत्रमा टेवा पुग्ने गरि पूर्वाधार विकासको योजनाहरुमा लगानी बढाएमा एकातर्फ देशको आर्थिक क्षेत्र क्रियाशिल हुने र अर्कोतर्फ देशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुने कुरामा कुनै दुई मत छैन ।तर हरेक आर्थिक वर्षको बजेटमा सरकारको साधारण खर्च बढ्दै जाने र विकास खर्च कम हुँदै जाने साथै लक्षित विकास खर्चको आधा पनि वर्षभरीमा खर्च गर्न नगरी सरकारी ढुकुटीमा रकम थुप्रिदै जाने प्रवृतिले गर्दा देशमा चरम बेरोजगारी दशकौं देखि प्रत्येक वर्षहरुमा झन् झन् बढ्दै गईरहेको छ ।
देशभित्र रहेको चरम बेरोजगारी र आफ्नो परिवारको विपन्नताको मारमा परि नेपाली युवा/ युवतीहरु दैनिक ठूलो संख्यामा विदेशिने गरेको बाध्यात्मक परिस्थिति हाम्रो देशको लागि धेरै पहिले देखिकै परम्परा बनिसकेको छ ।
प्राकृतिक स्रोतको रुपमा रहेको पेट्रोलियम पदार्थको दोहन गरी आर्थिक विकासको युगमा लम्केका खाडी मुलुकहरुलाई आर्थिक विकासको लागि मानव शक्तिको आवश्यकता र ती मानव शक्ति गरिब देशहरुबाट ल्याउँदा सस्तो पर्ने हुँदा नेपालबाट पनि त्यस्ता देशहरुका लागि मानव शक्तिको दिनानुदिन माग बढिरहेको छ र त्यसको परिपूर्ति नेपालले गरिरहेको छ ।
मानव शक्ति(श्रम) माग गर्ने खाडी मुलुकका कम्पनीहरुले नेपालबाट श्रमिक पठाइदिए बापत हावाई टिकेट, भिसा शुल्क तथा म्यानपावर कम्पनीहरुलाई कमिशन खर्च समेत व्यहोरी दिने भएतापनि नेपाली म्यानपावर कम्पनीहरुले नेपाली कामदारहरुबाट पुन: सम्पूर्ण खर्चको दोहोरो असुली त्यो पनि ठूलो मात्रामा गरिरहेको बुझिन आएको छ । यो बाहेक अवैध रुपमा भारतको मुम्बई,दिल्ली, कलकत्ता तथा बंगलादेशबाट पानी जहाजको यात्राबाट समेत नेपाली कामदारहरु खाडी मुलुकमा तस्करी हुने गरेको बुझिएको छ ।
दुई पैसा कमाउने लक्ष्यका साथ वैध वा अवैध जुनसुकै तवरबाट भएपनि खाडी मुलुक पुगेका नेपाली कामदारहरुको दयनीय र कठोर जीवनको सुरुवात तब हुन्छ जब उनीहरुको पासपोर्ट र भिसा त्यहाँका कम्पनी मालिकहरुले कब्जामा लिई उनीहरुलाई एकप्रकारको अवैध र बन्दीको झैं जीवन जिउन बाध्य बनाइ उनीहरुको श्रमको शोषण भरपुर रुपमा गर्न थाल्छन् ।
नेपालबाट वैध/अवैध जुनसुकै तवरमा घरेलु कामदारको रुपमा खाडी मुलुक पुगेका प्राय महिला र युवतीहरु श्रम शोषण र यौन शोषणको दोहोरो मारमा परि नारकीय जीवन जिउन बाध्य भईरहेको दर्दनाक समाचार र घटना हामीले विभिन्न माध्यमहरुबाट सुन्दै र देख्दै आइरहेका छौं । त्यो दयनीय र कष्टकर जीवनबाट उनीहरु भिसा र पासपोर्टको जफतका कारण चाहेर पनि उम्केर नेपाल आउने संभावना रहँदैन । केहि गरि त्यहाँबाट कुनै तरिकाबाट भागेर बाहिर निस्किहाले पनि शरण लिने ठाउँ/व्यक्ति तथा इक्जीट भिसाको अभावमा आफ्नो घर फर्किन नसक्ने अवस्था छ ।

त्यसैले बैदेशिक रोजगारीका यी दयनीय अवस्थाहरु बारे व्यापक रुपमा सबैमा जनचेतना फैलाउने, घरेलु कामदार पठाउन रोक लगाउने, खाडी मुकुकका सरकारहरुलाई इक्जीट भिसा को व्यवस्था गरिदिन कुटनीतिक पहल गर्ने तथा दोहोरो कमाइ गर्ने मूख्य मानव तस्कर म्यानपावरहरुलाई कडा भन्दा कडा कानुनी कारवाही गरि मानव तस्करीको रुपमा देखा परेको बैदेशिक रोजगारीलाई जोखिममुक्त, पेशागत इमान्दारिता र सम्मानजनक रोजगारीको रुपमा विकास गर्दै लैजान नियन्त्रणात्मक उपाय र प्रयासहरु गर्न जरुरी छ

No comments

Powered by Blogger.