सेवा र प्रतिबद्धता शुल्कमा धेरै फरक गर्न नपाउने
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ग्राहकबाट
उठाउने सेवा र प्रतिबद्धता शुल्कमा धेरै फरक गर्न नपाउने भएका छन् । सेवा शुल्क र
प्रतिबद्धता शुल्कका नाममा बैंक तथा वित्तीय संस्थाले ग्राहकैपिच्छे विभिन्न दरले
पैसा उठाउँदै आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । बुधबार परिपत्र जारी
गरी राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 
नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले एकै
प्रकारको कर्जा प्रवाह गर्दा विभिन्न ग्राहकसँग लिने प्रशासनिक सेवा शुल्क र
प्रतिबद्धता शुल्क ०.२५ प्रतिशतभन्दा बढीले फरक पार्न पाउने छैनन् । यो
निर्देशनपछि बैंक तथा वित्तीय संस्थालाई विभिन्न नाममा उच्चदरको शुल्क उठाउन
अप्ठ्यारो पर्नेछ ।
यस्तै साधारण बचत खाता भन्नाले बचत खाताहरूमध्ये सबैभन्दा न्यून ब्याजदर प्रस्ताव गरिएको खाता भएको राष्ट्र बैंकले प्रस्ट्याएको छ । बैंकहरूले साधारण बचत खातालाई पनि विभिन्न वर्गमा विभाजन गरी ब्याजदरमा भिन्नता गराउँदै आएका छन् । पछिल्लो समयमा राष्ट्र बैंकले साधारण बचत र कल डिपोजिट (चल्ती निक्षेप) मा समान ब्याज दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । उक्त निर्देशन पालनाका लागि बैंकहरूले साधारण बचत खातामध्येको उच्च ब्याज भएको खातालाई आधार मानी सोहीअनुसार कल डिपोजिटको ब्याज दिँदै आएका छन् । यस्तो प्रवृत्ति नियन्त्रणका लागि राष्ट्र बैंकले बचत खाताको परिभाषालाई प्रस्ट्याएको हो । राष्ट्र बैंकले साधारण बचत र कल डिपोजिटको ब्याजदर समान बनाउन दिएको निर्देशन यही चैत मसान्तमा सकिँदै छ ।

एकै
व्यक्तिको एकै प्रकृतिका एकभन्दा बढी खाता नखोल्न र एकभन्दा बढी कार्ड जारी नगर्न राष्ट्र
बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 
 
No comments