Add

Add

बचतपत्रको ब्याज बैंकको भन्दा न्युन


वित्तीय क्षेत्रमा प्रचलनमा रहेको ब्याजदरभन्दा थोरैमा वैदेशिक रोजगार बचतपत्र निष्कासन भएको छ । हाल बैंक तथा वित्तीय संस्थाले नै मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेको अवस्थामा सरकारले निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रमा भने १० प्रतिशत मात्रै ब्याजदर तोकिएको छ । 
सरकारले आन्तरिक ऋण उठाउनका लागि नेपाल राष्ट्र बैंकको मध्यस्थतामा वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो । सो बचतपत्रमा मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफूवा आफ्नो परिवारको सदस्यको नामबाट लगानी गर्न सक्नेछन् । तर, सरकारले निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रको ब्याजदर वित्तीय प्रंणालीको ब्याजदरभन्दा कम्तीमा पनि ३ प्रतिशतले थोरै छ । बैंकहरूले मुद्दती निक्षेपमा ग्राहकअनुसार मोलमोलाई गरी ब्याज दिँदै आएका छन् ।सामान्यतया बजारमा चलेको ब्याजदरभन्दा धेरै हुँदाको समयमा समेत न्युन मात्रै बिक्री हुने वैदेशिक रोजगार बचतपत्र हालको ब्याजदरमा बिक्ने सम्भावना झनै कम देखिन्छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको समस्या भएका कारण अझै पनि पूर्ण राम्रोसँग कर्जा प्रवाह गर्न सकेका छैनन् । बैंकहरूले कर्जा प्रवाह गर्नेका लागि आकर्षक ब्याजदरमा निक्षेप कल गरिरहेको अवस्थामा सरकारले लामो अवधिको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो ।
बैंकहरूले दिने ब्याजदर छोटो अवधिको अर्थात निश्चित समयपछि परिवर्तन हुनेसक्ने सम्भावना भने रहन्छ । बजारको ब्याजदरभन्दा थोरै रहेको स्विकार गर्दै नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागले यस विषयमा लगानी गर्ने लगानीकर्ताले नै सोच्नुपर्ने बताएको छ ।
हालको बजारको ब्याजदर र बचपत्रको ब्याजदरको अन्तरका कारण बिक्री हुन समस्या हुनसक्ने साथै आवेदन दिन सकिने समय अझै भएकाले बिक्री हुने नहुने निश्चित गर्न नसकिने स्रोतले बताएको छ। तर, बजारको ब्याजदरभन्दा पनि बचपत्रले निरन्तर पाँच वर्षसम्म एउटै दरमा प्रतिफल दिने भएकाले लगानीकर्ता सचेत हुन जरुरी रहेको छ। 

सो बचतपत्र यहि चैत ३० गते बाँडफाँड हुनेछ । बचतपत्र न्यूनतम ५ हजार र अधिकतम १० लाख रुपैयाँसम्म खरिद गर्न सकिने जनाइएको छ । यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने सुविधा छ । 

No comments

Powered by Blogger.