Add

Add

बजार बढेपछि अल्मलिए लगानीकर्ता

 विगत केही दिन अघिदेखि निरन्तर उकालो यात्रा तय गरेको सेयर बजारले साताको अन्तिम दिन गत बिहीबार भने सामान्य अंकले बढेको छ । यस दिन नेप्से ४.९६ अंकले बढेको छ । १ सय ४३ वटा कम्पनीको २० लाख ६५ हजार ८ सय ४० वटा सेयर कित्ता खरिद विक्री हुँदा एक अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन  होटल र अन्य समुह बाहेक अरु सवै समहुमा हरियाली छाएको छ ।  आज  बैंक ५.०८ अंक, विकास बैंक ८.९५ अंक, हाइड्रोपावर ४६.०१अंक, फाइनान्स २.८६ अंक, इन्स्योरेन्स ९.५९ अंक र उत्पादन ३.०१ अंकले बढेको छ ।यता होटल १३.५६ अंक र अन्य ५.५ अंकले घटेको छ ।  परिसुचक १८ दशमलव ८५ अंकले बढेर १४ सय ८१ दशमलव ०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशलमव ३० अंकले बढेर ३२२ दशलमव २२ अंकमा पुगेको छ । १४५ कम्पनीको एक अर्ब ३७ करोड २७ लाख ५५ हजार ५३३ रुपैयाँको २५ लाख ११ हजार ३६० कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी सानिमा बैंक लिमिटेडको शेयर किनबेच भएको छ । बैंकको ७ करोड २० लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल बैंक लिमिटेडको ५ करोड ९५ लाखभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

बजारमा कारोबार भएका समूह मध्ये बीमा बाहेकका सबै समूहमा हरियाली छाएको छ । कारोबार भएका समूह मध्ये विकास बैंक समूह सबैभन्दा बढी अंकले बढेको छ । यो समूहमा ४० दशमलव ३६ अंकले बढेको हो । त्यस्तै बैंकिङ समूहमा २५ दशमलव ५५ अंकको वृद्धि देखिएको छ । पछिल्लो तीनदिन यता ठूलो अंकले वृद्धि भएको बीमा समूहमा भने आज गिरावट आएको छ । यो समूह आज ८८ दशमलव ६२ अंकले गिरावट आएको हो ।
१८ अंकले नेप्से परिसुचकमा वृद्धि हुँदा नौ कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले बढेको छ, भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९६ अंकले बढेको छ । आज सबैभन्दा बढी राप्ती भेरी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलव ०६ प्रतिशतले गुमाएका छन् ।


No comments

Powered by Blogger.